स्याङ्जा समाज युकेद्धारा बाढी पहिरो पीडितलाई २ लाख राहत वितरण

पोखरा, असोज ३० गते । स्याङ्जा समाज युकेले स्याङ्जा कालिगण्डकी गाउँपालिका वडा नं.४ बिर्घा, खहरे, कट्टे गाँउ तथा वालिङ नगरपालिका वडा नं.११, १२ र १४ का बाढी पहिरो पीडितहरुलाई बिहिवार २ लाख रुपैया राहत वितरण गरेको छ ।

गत असार ३० गते र असोज ८ गतेको बाढी पहिरो पीडित १० परिवार र एक नाबालकलाई वालिङ नगरपालिका कार्यालय परिसरमा राहत वितरण गरिएको हो। जिल्लाबासी दैविक प्रकोपले पीडित भएको अवस्था र नेपालीको महान चाड दशै आगमनसँगै पिडामा थोरै भए पनि मल्हम पट्टि लगाउन राहत वितरण गरिएको हो।

 

कार्यक्रमका प्रमुख अतिथि वालिङ नगरपालिकाका प्रमुख दिलिप प्रताप खाँण, कालीगण्डकी गाँउपालिका अध्यक्ष खिमबहादुर थापा, कालीगण्डकी गाँउपालिका वडा नं.४ का वडाध्यक्ष चक्रपाणी पाण्डे, नेपाल मगर संघ कालीगण्डकी अध्यक्ष तथा स्थानीय कार्यक्रम संयोजक दर्शन रानाले राहत रकम वितरण गर्नुभयो ।

 

कार्यक्रममा पीडित वालिङकी उमाकला नेपालीको एकाघरको ८ जनाको परिवारलाई २८ हजार रुपैया, वालिङकै दुर्गा थापाको परिवारलाई १२ हजार रुपैया र वालिङका पीडित नाबालकलाई १० हजार रुपैया, यसरी नै कालीगण्डकी गाँउपालिका वडा नं.४ बिर्घा, खहरे, कट्टे गाँउका पीडित बीरबहादुर थापाको परिवारलाई २० हजार, देवबहादुर थापाको परिवारलाई २० हजार, टीकाराम थापाको परिवारलाई २० हजार, चक्रबहादुर थापाका परिवारलाई २० हजार, गिमानसिंह थापाको परिवारलाई २० हजार, प्रेमचन्द्र पाण्डेको परिवारलाई २० हजार, बाबुराम दमाईको परिवारलाई १५ हजार र आउमाया दमाईको परिवारलाई १५ हजार रुपैया राहत वितरण गरिएको थियो।

 

राहत वितरण कार्यक्रमका प्रमुख अतिथि वालिङ नगरपालिका प्रमुख दिलिप प्रताप खाँणले वालिङ र कालीगण्डकीबासीको पिडामा युकेबाट दुःखमा दुःख साट्नुहुने स्याङ्जा समाज युके एवम सहयोगीहरुलाई धन्यवाद व्यक्त गरे। विदेशी भुमिबाट पीडितलाई राहतका लागि आभार व्यक्त गर्दै अत्यन्तै मानवीय सेवामा भुमिका निर्वाह गर्ने स्थानीय संयोजक, युके र स्याङ्जालाई जोड्ने मेजर लक्ष्मीप्रसाद गुरुङ, युकेमा संयोजन तथा अगुवाई गर्ने सहयोगीहरुलाई आभारका साथै धन्यवाद व्यक्त गर्नुभयो ।

कार्यक्रमको अध्यक्षता ग्रहण गरेका कालीगण्डकी गाँउपालिकाका अध्यक्ष खिमबहादुर थापाले असार ३० गते कालीगण्डकी गाँउपालिका र असोज ८ गते वालिङको दुखद घटनामा राहत प्रदान गर्ने स्याङजा समाज युकेलाई गााउपालिका र आफ्नो तर्फबाट धन्यवाद व्यक्त गरे। दुःखमा सहयोग नै मानवीय सेवा भएकाले स्याङ्जा समाज युके एक उदाहरण बनेको भन्दै अध्यक्ष थापाले प्रसंसा गर्नुभयो ।

कार्यक्रममा स्याङजा समाज युकेका नेपाल प्रतिनीधि एवम सल्लाहकार नेपाल राहत वितरण कार्यक्रम संयोजक मेजर लक्ष्मीप्रसाद गुरुङ एमभीओ बीइएमले राहत संकलन र वितरणका बारेमा जानकारी गराउदै स्याङजाबासीको दुःख पिडामा केही समय अगाडि युकेमा गठित स्याङजा समाज युकेले थोरै भने पनि राहत सहयोग गरेको बताउनुभयो । राहत वितरण कार्यक्रमको संचालन रेडियो गोर्खाली १०६ मेगाहर्जकी स्टेशन मेनेजर खिमा गुरुङले गर्नुभएको थियो ।

समाजसेवी शारदा गुरुङको अध्यक्षतामा गठित स्याङजा समाज युकेका महासचिव बलराम ढकालको संयोजकत्वमा राहत संकलन भएको थियो भने वितरणको स्थानीय संयोजनको भुमिका नेपाल मगर संघ कालीगण्डकी अध्यक्ष दर्शन रानाले गर्नुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...