सहकारीले उत्पादनमा जोड दिनुपर्छ ः अधिकारी

पोखरा, असोज ३० गते । पोखरा महानगरपालिका वडा नं ३३ कालिकास्थानस्थित सुरक्षा पालुवा बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो १४ औं वार्षिक साधारणसभा सप्ताहाव्यापी रुपमा आज सम्पन्न गरेको छ ।

कोरोना महामारीको जोखिमीलाई दृष्टिगत गर्दै सहकारीले औपचारिक शुभारम्भ गरेको साधारणसभा आज सम्पन्न गरेको हो । साधारणसभाको समापन समारोहमा कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका सहकारी समितिका अध्यक्ष तेजनारायण अधिकारीले सहकारीको एकिकरण गर्दै जाने सरकारको नीति रहेको र यो कार्यान्वयनमा आउने बताउँदै त्यसका लागि सहकारीहरू तयार हुनुपर्ने बताउनुभयो ।

एउटै भूगोलभित्र एक व्यक्ति एक सहकारीमा मात्र आवद्ध हुने व्यवस्था सहितको कानून कार्यान्वयनमा आउने बताउँदै उहाँले व्यक्ति व्यक्तिले पनि आँफू आवद्ध सहकारीहरूको एकिकरणका लागि पहल गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । नीति, विधि र प्रविधिलाईसँगसँगै अघि बढाउँदै उत्पादनमा जोडिनेगरी सहकारी कृयाशिल बन्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

सहकारीका अध्यक्ष टुल्कनाथ आचार्यले कोरोना महामारीका कारण स्वास्थ्य सुरक्षा सजगता लगायतका कुरालाई दृष्टिगत गर्दै साधारसभाका कार्यक्रम सप्ताहव्यापी रुपमा सञ्चालन गरिएको जानकारी दिनुभयो ।पोखरा महानगरपालिका वडा नं ३३ का वडा सदस्य दीपकराज लामिछानेले एक सहकारी एक उत्पादनको नीतिलाई कार्यावयननमा ल्याउनुपर्ने बताउँदै वडा भित्रका सहकारीले एकले अर्कोलाई सहयोग एवम् सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो ।

पोखरा महानगरपालिका सहकारी समितिका दर्ता अधिकारी अनिल कार्कीले सुरक्षा पालुवा बहुउद्देश्यीय सहकारीको व्यवस्थापकीय पक्षको प्रशंसा गर्दै आगामी दिनमा उत्पादनमुलक क्षेत्रमा जोडिने विश्वास व्यक्त गर्नुभयो ।संस्थाका सह सचिव सतिस लामिछानेले सञ्चालन गर्नुभएको कार्यक्रममा शिक्षा उप समितिका संयोजक निर्मल आचार्यले स्वागत गर्नुभयो ।

दुई हजार १ सय ९ जना शेयर सदस्य रहेको सहकारीले ६५ करोड ३७ लाख ५५ हजार रुपैयाँको कारोबार गरेको छ । संस्थाले कालिकास्थानस्थित प्रधान कार्यालय, लामगादी, पुँडीटार, न्यूरोड, भण्डारढिक र पुलचोकमा सेवा केन्द्रहरूबाट सेवा प्रवाह गर्दै आएको छ

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...