राजनीतिले जनताको जीवनस्तरमा सुधार ल्याउर्नुपर्छ : अध्यक्ष बास्तोला  

पोखरा, असोज ३० गते । मदन भण्डारी फाउन्डेसन पोखरा १४ को आयोजनामा बिजया दशमी तथा शुभदिपावलीको उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि मदन भण्डारी फाउन्डेनस कास्कीका अध्यक्ष माधब बास्तोलाले फाउन्डेसनले बैचारिक एवं सामाजिक गतिविधिको माध्यम मार्फत कास्की जिल्लामा उत्कृष्ट संस्थाको रुपमा स्थापित गरिहेको बताउनुभयो । उहाँले  मदनका बिचार, फाउन्डेसनको बिगतका काम र भाबि कार्यक्रमको बारेमा समेत  जानकारी गराउनु भएको थियो ।  राजनीति सामाजिक आर्थिक रुपान्तरणको माध्यम बन्नु पर्ने ।बताउदै उहाँले राजनीतिले जनताको जिवनस्तरमा सुधार ल्याउनुपर्ने जोड दिनुभयो ।

 

पोखरा महानगरपालिका वडा नं १४ का अध्यक्ष प्रेम कार्कीले वडाले गरेका बिकास निर्माण मदनको बिचारसंग जोडेर गरेको र त्यहि कारण जनता र बिपक्षीहरुवाट पनि बिकास निर्माणको प्रशंसा भैरहेको बताउनुभयो । कार्यक्रमका  फाउन्डेसन पोखरा १० का अध्यक्ष राजु श्रेष्ठ युनाइटेड क्लब पोखराको अध्यक्ष सर्वसम्मत निर्वाचित हुनु भएकोमा र फाउन्डेसनका सहसचिव कृति गिरी राष्ट्रिय प्रतियोगितामा तेश्रो स्थान प्राप्त गर्न सफल हुनुभएकोमा बधाई सहित सम्मान गरिएको थियो ।

फाउन्डेसनका अध्यक्ष मदन के सीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी वडा अध्यक्ष अशोक के सी, नेपाली कांग्रेस वडा ईकाइ सभापति बोधराज बराल, सम्मानितहरुको तर्फबाट युनाइटेड क्लब का अध्यक्ष राजु श्रेष्ठ, नेकपा कास्की जिल्ला सदस्य बिजया सुवेदी लगायतले बोल्नुभएको थियो ।  कार्यक्रम सञ्चालन फाउन्डेसन पोखरा १४ का सचिव कृष्णप्रसाद बरालले गर्नुभएको थियो भने स्वागत फाउन्डेसनका उपाध्यक्ष मनबहादुर आलेले गर्नुभएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...