देशभर शुक्रबार ४३९२ जनामा कोरोना संक्रमण

पोखरा, असोज ३० गते । नेपालमा कोरोना संक्रमितको संख्या बढेको छ। शुक्रबार मात्रै देशभर ४ हजार ३९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा १६ हजार ५३१ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमितमध्ये २ हजार ४०२ जना काठमाडौं उपत्यकाका रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

यससँगै कुल संक्रमितको संख्या एक लाख २६ हजार १३७ पुगेको छ । उनीहरुमध्ये ७१५ जनाको मृत्यु भएको छ भने ८८ हजार ४४ संक्रमणमुक्त भएका छन् ।हाल ३७ हजार ३८२ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

 

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा तीन हजार ५२२ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म ८८ हजार ४० जना सङ्क्रमित निको भएर घर फर्केका छन् । निकाे हुने दर विगतकाे तुलनामा केही दिनदेखि कम हुँदै गइरहेकाे छ ।

 

पछिल्लो २४ घण्टामा २१ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड-१९ को कारणले मृत्यु हुनेको संख्या ७१५ पुगेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...