७७ वटेै जिल्लालाई गृहको निर्देशन नित्यपूजाबाहेक मठमन्दिर तथा शक्तिपीठ नखोल्नु

काठमाडौं, असोज ३० । गृह मन्त्रालयले देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र पठाई दसैंमा नित्यपूजाबाहेक अरू पूजाको लागि मठमन्दिर तथा शक्तिपीठ नखोल्न कडा निर्देशन दिएको छ । मन्त्रालयले बिहीबार सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरी यस्तो निर्देशन दिएको हो ।

गृह मन्त्रालयका प्रवक्ता सहसचिव चक्र बहादुर बुढाले मन्त्रिपरिषद बैठकले पनि खोल्न दिने निर्णय नगरेको र स्वास्थ्य मन्त्रालयले पनि आग्रह गरेअनुसार मठमन्दिर तथा शक्तिपीठहरू खोल्न नदिन निर्देशन दिएको बताउनु भयो । दशैंमा शक्तिपीठहरुमा भिडभाड हुँदा कोरोना संक्रमण बढने खतरा रहेकोले गृहले यस्तो कदम चालेको हो ।

‘नित्यपूजाबाहेक अरू खोल्न नदिन भनिएको छ । त्यसबाहेक अरू पूजाको लागि खोल्दा भीडभाड हुने र कोरोनाको जोखिम बढ्ने भन्दै स्वास्थ्य मन्त्रालयले पनि बन्द गराउन आग्रह गरेको छ,’ प्रवक्ता बुढाले भन्नुभयो, ‘भयावह अवस्था आएको र यसले थप संक्रमण फैलाउन सक्ने हुँदा हामीले पनि परिपत्र गरेका हौं ।’

यसअघि काठमाडौं उपत्यकामा रहेका गुहेश्वरी, भद्रकाली, दक्षिणकाली, शोभाभगवती, बंगलामुखी, मैतिदेवी, भाटभटेनी आकाशेदेवी लगायतका शक्तिपिठहरू कात्तिक १ गते देखि खुलाउने तयारी गरिएको थियो । गृहको यो परिपत्रपछि अव देशभरका कुनैपनि शक्तिपीठहरु खुल्ला हुने छैनन ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...