विज्ञापन १२९ जनाको आवेदन ३२ हजार ६ सयको

काठमाडौं, असोज ३० गते । । नेपाल रेल्वेको २९ वटा बिभिन्न पदहरुमा १२९ जनाको करारमा पदपुर्ती गर्न आह्वान गरिएकोमा ३२ हजार भन्दा बढीको आवेदन परेको छ । रेल्वेका महाप्रबन्धक गुरु भट्टराईका अनुसार आवेदन आह्वान गरिएको अन्तिम समयसम्म ३२ हजार ६ सय ८६ जनाले आवेदन दिएका हुन ।

रेल्वे कम्पनीले शाखा अधिकृत १ जना र कानून अधिकृत १ जनासहित१ सय २९ जनाका लागि निवेदन मागेको थियो । आवेदन माग भएकोमध्ये कार्यालय सहयोगीमा सवैभन्दा धेरैको आवेदन परेको छ । रेल्वे कम्पनीले ८ जना कार्यालय सहयोग मागेकोमा १७ सय ९३ जनाले आवेदन दिएका छन ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...