सैमराङमा राष्ट्रज्योती माविको भवन शिलान्यास

पोखरा, ३० असोज । कास्कीको मादी गाउपालिका वडा नं ११ सैम¥याङमा रहेको राष्ट्रज्योती माविमा चार कोठे पक्की भवनको शुक्रवार एक समारोहका वीच शिलान्यास गरिएको छ । राष्ट्रिय पुन निर्माण प्राधिकरण जिल्ला सहजीकरण समिति कास्कीका अध्यक्ष एवं जिल्ला समन्वय समिति कास्कीका प्रमुख वैनवहादुर क्षत्रीले भवनको शिलान्यास गर्नुभयो ।

करिव ७४ लाखको लागतमा निर्माण हुन लागेको उक्त भवनको स्थानिय ठेकेदार जीवन परियारले यसै शैक्षिक सत्रमा सम्पन्न गरिसक्ने गरी ठेक्का सम्झौता गरेका छन् । गाउ पालिकाको सहयोगमा यस अघि दुई कोठे पक्की भवन निर्माण सम्पन्न भईसकेको उक्त विद्यालयले आगामी दिनमा टीनको कक्षा कोठालाई विस्थापित गरी आधुनीक र सुविधा सम्पन्न कक्षा कोठा निर्माण गर्ने योजना अघि सारेको छ ।

भवनको शिलान्यास गर्दै जिल्ला समन्वय समिति कास्कीका प्रमुख एवं जिल्ला शिक्षा समिति कास्कीका अध्यक्ष वैन वहादुर क्षेत्रीले व्यवहारीक र सीप मूलक शिक्षाले मात्र सरकारले परिकल्पना गरेको समृद नेपाल सुखी नेपालीको परिकल्पनालाई सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । विद्यालयको भौतिक संरचनाले विद्यार्थीको शैक्षिक गुणस्तर वृद्धी हुने भन्दै उहाँले वालवालिकालाई सभ्य र सु–सस्कृत संस्कार दिनुपर्नेमा जोड दिनुभयो ।

 

वडाअध्यक्ष मित्र वहादुर गुरुङले सवैको सहयोग र सहकार्यले मात्र विद्यालयलाई नमूना विद्यालयका रुपमा अगाडी वढाउन सकिने वताए । उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीहरु राष्ट्रको उच्च तहमा रहेका काम गरेको स्मरण गर्दै दरवन्दी अभावका कारण माध्यमीक तहको कक्षा संचालनमा थप समस्या हुने गरेको वताउनुभयो ।

 

विद्यालय व्वसथापन समितिका अध्यक्ष नन्द श्री गुरुङको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेकपा वडा कमटि अध्यक्ष जीवन परियार, कांग्रेसका प्रतिनिधि प्रेम वहादुर तामाङले उज्यालो भविश्य निर्माणका लागी अपरिहार्य वनेको विकास निर्माणमा सवै राजनीतिक दल एक भएर अगाडी वढ्नुपर्नेमा जोड दिनुभयो । विद्यालयका प्रधानाध्यापक सुनमाया सुवेदीले स्वागत गरेकी थिईन भने धर्मगुरु रनवहादुर लामाले पुजा पाठ गनुभएको थियो । कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य वृहस्पती सापकोटा, सदस्य गोमा अधिकारीको सहभागिता रहेको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...