कास्कीका मठमन्दिर सञ्चालन नगर्न जिल्ला प्रशासनको निर्देशन

पोखरा, कात्तिक १ गते । कास्की जिल्लाभित्रका कुनैपनि शक्तिपीठ एंव मठमन्दिर सञ्चालनमा जिल्ला प्रशासन कार्यालय कास्कीले निषेध गरेको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले शुक्रबार साँझ सार्वजनीक सुचना जारी गदै नृत्य पुजा बाहेक दर्शनका लागि मठमन्दिर सञ्चालन नगर्न नगराउन अनुरोध गरेकोछ ।

भत्तजनहरुको भिडभाड हुने र कोरोना भाइरसको जोखिम हुने भएकाले कुनै पनि शक्तिपीठ नखोज्न आग्रह गरिएको हो ।प्रशासनले कोरोनाको संक्रमण उच्च रहेकाले दशै आफु रहेकै स्थानमा रही मनाउन समेत अनुरोध गरेको छ । त्यस्तै प्रशासनले कोरोना भाइरसको लक्ष्ण नदेखिएकाहरु घरमै बस्न आग्रह समेत गरेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...