पोखरा महानगरका ३० सहित गण्डकीमा ४६ नयाँ संक्रमित थपिए

पोखरा, कात्तिक १ गते ।गण्डकी प्रदेशमा शनिबार विहान ४६ जना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले शनिबार विहान ११ बजे विज्ञप्ति जारी गदै नयाँ ४६ संक्रमित थपिएको जनाएको छ । थपिएका मध्य पोखरा महानगरपालिका ३० जना रहेका छन भने अन्य अरु जिल्लाका छन् ।

गोरखा जिल्ला, गोरखा ८ का ४२ बर्षीय पुरुष नेपाल आर्मी र वार्ड नं ७ का २९, ३६ र २५ बर्षीय पुरुषहरु नेपाल प्रहरीमा कार्यरत हुनुहुन्छ । पोखरा महानगरपालिका, वार्ड नं २९ का ३४ बर्षीय पुरुषको ग्रीन पास्चर अस्पताल, पोखराबाट, वार्ड नं ११, १६, २२, ९, ७, २७ र २ का ३२, २०, २५, २४, ३५,२६, २२, ३२, ५, ५२, २२, ४७, ३२ बर्षीय महिलाहरु र २४, २९, ३० बर्षीय पुरुषहरुको गण्डकी मेडिकल कलेज, पोखराबाट र तनहुँ जिल्ला, बन्दीपुर १ का ५३ बर्षीय पुरुषको चरक मेमोरियल अस्पताल, पोखराबाट नमुना संकलन गरिएको हो ।

पोखरा महानगरपालिका २९, १९ र १६ का ३७, २०, ४४, ४५ बर्षीय पुरुष र ३० बर्षीय महिला, साथै गोरखा जिल्ला, गोरखा ११ का ३९ बर्षीय पुरुष भारतबाट आउनुभएको हो । नवलपरासी० जिल्ला, गैंडाकोट ४ का ४१ बर्षीय पुरुष साउदीबाट आउनुभएको हो । अन्य सबै संक्रमित कन्ट्याकटेसिंबाट पहिचान हुनुभएको हो । सबै संक्रमितहरुलाई आईसोलेसनमा ब्यबस्थापन गर्ने तयारी भैरहेको बताइएको छ ।

संख्या ५५४७ पुगेको छ ्र क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ४६ जना संक्रमितहरुको विवरण तपशिल बमोजिम रहेको छ् /

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...