सामुदायिक पब्लिक एफ.एफ.को शुभारम्भ

पोखरा, कार्तिक १ गते । अन्नपूर्ण एफ.एम. प्रा.लि.को सामुदायिक पब्लिक एफ.एफ.को आज (शनिबार) घटस्थापनाको अवसरमा शुभारम्भ गरिएको छ । केही समय अघि दखि म्युजिक एफ.एफ.को रुपमा संचालन गरिएको उक्त एफ.एफ.लाई नयाँ ढंगले परिमार्जन सहित सामुदायिक एफ.एफ.को रुपमा पब्लिक एफ.एफ.घटस्थापनको दिन देखि शुभारम्भ गरिएको प्रा.लि.का अध्यक्ष विश्वशंकर पालिखेले बताए ।


नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रामकृष्ण ज्ञवालीले पब्लिक एफ.एफ.को शनिबार एक समारोहका बिच शुभारम्भ गर्दै धेरै संचार माध्यमहरु कोरोनाको कारण संकटमा परेका वेला नयाँ संचार माध्यम संचालन गर्नु अर्को चुनौती भएको जनाए । समुदायमा समर्पित हुने गरी उक्त एफ.एफ.ले आम जनतालाई सकरात्मक सन्देस दिने उनले विश्वास व्यक्त गरे । कुसलता पूर्वक व्यबस्थापन गर्न सके संचार माध्यममा कार्यरत पत्रकार एवं कर्मचारीलाई सधै खुसि पार्न सकिने सदस्य ज्ञवालीको भनाई थियो ।

अन्नपूर्ण एफ.एम.(९३.४ मेगाहर्ज) कै उचाईमा पब्लिक एफ.एम. (९९.६ मेगाहर्ज) पुग्ने प्रा.लि.का अध्यक्ष विश्वशंकर पालिखेले विश्वास व्यक्त गरे । उनले भने “ हाम्रा श्रोता र शुभेच्छुकहरुको साथ र सहयोगले गर्दा आज हामी यो स्थानमा रहेका छौं, आगामी दिनमा पनि सवैको साथ र सहयोगले हामीले नयाँ पब्लिक एफ.एफ.लाई पनि रेडियो अन्नपूर्णकै स्थानमा पुर्याउन सक्छौं । ” प्रा.लि.का प्रबन्ध निर्देशक सुनयना पालिखले कार्यक्रममा सहभागिलाई धन्वयाद दिदै पब्लिक एफ.एफ.ले जनताको इच्छा चहाना अनुसारको कार्यक्रम प्रस्तुतः गर्ने जनाइन्।

यसैबिच, अन्नपूर्ण एफ.एम. प्रा.लि.को स्टेशन म्यानेजरको जिम्मा संजय मल्ललाई दिइएको छ । स्टेशन म्यानेजर मल्लले सवैको साथ र सहयोगले रेडियोको साख जोगाउने गरी कुसलता पूर्वक जिम्मेवार वहन गर्ने बताए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...