पोखरा १७ का कोरोना संक्रमित पुरुषको चरक मेमोरियलमा मृत्यु

पोखरा, कात्तिक १ गते । पोखरामा एक कोरोना संक्रमितको मृत्यु भएको छ । पोखरा महानगरपालिका १७ का ४७ बर्षीय कोरोना संक्रमित को शुक्रबार चरक मेमोरियल अस्पताल,मा निधन भएको हो ।

मृतकमा असोज २३ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो । मृतक कोरोनाको संक्रमणका साथै अन्य रोग समेत रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकको छ ।

गण्डकी प्रदेशमा थप भएका नयाँ ३० जना संक्रमितहरु थपिएका छन् । सबै संक्रमितहरु पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा र चितवन मेडिकल कलेजको फिभर क्लिनिकबाट पहिचान हुनुभएको हो । बाग्लुङ जिल्ला जैमिनीका दुबैजना संक्रमित बाग्लुङ जिल्लाको कुस्मीशेरा आईसोलेसनमा बस्नुभएको छ भने अन्य जिल्लाका सबै संक्रमितहरुलाई आईसोलेसनमा ब्यबस्थापन गर्ने तयारी भैरहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...