पर्वतमा ट्याक्टर दुर्घटना एकको मृत्यु, पाँच घाईते

पोखरा, कात्तिक १ गते । पर्वतमा ट्याक्टर दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ भने ५ जना घाईते भएका छन् । शुक्रबार राती पर्वत बिहादी गाउँपालिका २ रास्कोट स्थित खहरे–नौनादी भित्री सडक खण्डमा दुर्घटना भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

खहरेबाट नौनादी तर्फ आउँदै गरेको ध १ त ३५३ नं।को ट्याक्टर अचानक सडकबाट २५ मिटर तल खसी दुर्घट्ना भएको थियो । दुर्घटनामा ट्याक्टरमा सबार चालक सहित ६ जना घाईते भई उपचारको लागि पठाईएकोमा पर्वत बिहादी गाउँपालिका २ बस्ने वर्ष १२ का निखिल परियारको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते अन्य पाँच जनाको मिसन अस्पताल पाल्पामा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

घाइतेको विवरण
१० ऐ। बस्ने वर्ष १३ को सागर परियार, अवस्था मध्यम ।
२० ऐ। बस्ने वर्ष २३ को सन्दिप नेपाली,अवस्था मध्यम ।
३० ऐ। बस्ने वर्ष ४२ को शंकर नेपाली, अवस्था मध्यम ।
४० जिल्ला गुल्मी कालिगण्डकी गाउँपालिका९७ भुर्तुङ बस्ने वर्ष ५२ को थम्म पुरी, अवस्था मध्यम ।
५० चालक ऐ।५ फोकसिङ बस्ने वर्ष २९ को झक बहादुर नेपाली, अवस्था मध्यम ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...