स्याङजामा दुर्घटना एकको मृत्यु

पोखरा, कात्तिक १ गते । स्याङजा जिल्लाको भिरकोट नगरपालिका कच्चि सडक खण्डमा ट्याक्टर दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् ।

लु १ त ५६३७ नम्वरको ट्याक्टर अनियन्त्रित भई सडकमै पल्टिदाँ अन्दाजी २० वर्षका बिपिन जि.टिको मृत्यु भएको हो । ट्याक्टरको ईन्जिनले च्याप्पिएर मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै वर्ष १७ का सुनिल रिजाल घाईते हुनुभएको छ । उहाँको जिल्ला अस्पताल स्याङजामा उपचार भैरहेको र अवस्था मध्यम रहेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...