पौडी खेल्दा खोलाले बगाएर अनुपको ज्यान गयो

पोखरा, कात्तिक १ गते ।बागलुङमा खोलाले बगाएर सात बर्षिय बालकको ज्यान गएको छ । शनिबार दिउसो एक बजेको समयमा बागलुङ वडिगाड गाउँपालिका ७ भिमगिठ्ठे अनुप के.सी.को खोलाले बगाएर ज्यान गएको हो ।

घरबाट अन्दाजी २०० मिटर दक्षिण रहेको भिमगिठ्ठे खोलामा पौडी खेल्न गएको र सोही खोलाले बगाएको भन्ने खवर प्राप्त हुनासाथ तत्काल प्रहरी पुगेको थियो । प्रहरी र स्थानियले खोजतलास गर्ने क्रममा दुई किलोमिटर तल खोलामा बगिरहेको अवस्थामा फेला पारी उपचारको लागि वडिगाड पोलिक्लिनिक बागलुङमा लगिएको र उपचारकै क्रममा मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...