लागूऔषध सहित सुवेदी पक्राउ

पोखरा, कात्तिक १ गते । लागु औषध सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका वडा नम्वर २६ भवानी चोकमा शंकास्पद अवस्थामा हिडेका बिजयपुर बस्ने वर्ष २६ प्रभात सुवेदीलाई प्रहरी टोलीले लागुऔषध सहित पक्राउ गरेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

सुवेदीलाई चेकजाँच गर्दा ज्याकेमा लुकाई छिपाई राखेको नुरफिन ६० एम्पुल, फिनारागन ६० एम्पुल, डाईजेपाम ६० एम्पुल गरी जम्मा १८० एपुल लागूऔषध सहित नियन्त्रणमा लिई घटनाका विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...