किसानले उत्पादन गरेको  बस्तुको बजार सुनिष्चित सरकारले गर्नुपर्छ  ःसभापति कोइराला

 पोखरा कार्तिक १ गते ।गण्डकी प्रदेश सभा अन्तरगर्त रहेको अर्थ तथा विकास समितिका सभापति सांसद दीपक कोइरालाले किसानले उत्पादन गरेको कृषि उत्पादनको बजार सुनिष्चितता सरकारले गर्नुपर्ने बताउनु भएको छ ।

शनिबार  आमा मिलन बचत तथा ऋण सहकारी सस्थाको  पोखरा ३१ मोहोरीयामा चक्रदेवी सेवा केन्द्रको शुभारम्भ गर्दे उक्त कुरा बताउनु भएको हो । सभापति कोइरालाले प्रदेश सरकारले  एक सहकारी एक उत्पादन अनिवार्य  गरेकोले बजारको सुनिश्त गर्नुपर्ने बताउनु भयो ।  आमा मिलन बचत तथा ऋण सहकारी संस्था र चक्रदेवी दुग्ध उत्पादक सहकारी मर्ज गरेर राम्रो कामको शुरुवात गरेको बताउनु भयो ।

सरकारले कृषि उपजको न्युनतम मुल्य तोक्नुपर्ने र बजार ब्यवस्थापनमा सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । सरकारले किसानहरुलाई प्रोत्साहन गर्ने कार्यक्रम अगाडि सारे पनि अझै रिजल्ट देखिने गरि काम नभएको जनाउनु भयो । पशु तथा वालि विमा  सरकारले अनिबार्य गर्नुपर्ने कोइरालाको भनाई थियो ।

जिल्ला समन्वय समिति कास्कीका उपप्रमुख सावित्री भण्डारीले मोहोरीयामा सेवा केन्द्र राखेर त्यस क्षेत्रको सहकारी सदस्यहरुलाई सेवा दिन शुरु गरेकोले खुशी ब्यक्त गर्नुभयो । सहकारी दिगो रुपमा सञ्चालनको लागि आफ्नो तर्फबाट सक्दो पहल गर्ने बताउनु भयो । वडानं ३०का वडाध्यक्ष श्रीराम पोखरेलले सहकारीहरुले आफ्ना सदस्यको आय आर्जनमा विशेष ध्यान दिनुपर्ने बताउनु भयो । जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष रविरमण तिवारीले प्रदेश सकारले गण्डकी प्रदेशमा पाउडर प्लान्ट स्थापना गर्नुपर्ने बताउनु भयो । दुध उत्पादन बृद्धि हुदै जादा किसानले उत्पादन गरेको दुधले बजार नपाउने दिन आउन लागेको भन्दै सरकारको ध्यान जानुपर्ने बताउनु भयो ।

आमा मिलन बचत तथा ऋण सहकारी सस्था लिमिटेडका अध्यक्ष इन्दिरा पौडेलले कास्की जिल्लाभर कार्यक्षेत्र रहेको आफुहरुको सहकारी सस्थाले उत्पादनको क्षेत्रमा बजार अध्ययन गर्देगर्दा चक्रदेवी दुग्ध उत्पादक सहकारी संस्था संग मर्ज गरेर काम गर्ने अवस्था सृजना भएको बताउनु भयो । सस्थाका प्रवन्धक धु्रवराज पौडेलले दुवै सहकारीको उद्देश्य मिल्न गएकोले मर्ज भएको भन्दै अहिले सहकारीको मर्जपछि १५ सय ३५ सदस्य पुगेका छन भने सस्थाको ४६ करोड पुँजीरहेको छभने ३२ करोड कर्जा लगानी गरेको जानकारी दिनुभयो ।

 

स्थानीय ज्ञानेन्द्र बजगाईले गण्डकी प्रदेशमा दैनिक २ लाख लिटर दुध उत्पादन गर्न सकिने तर पाउडर प्लान्ट सकारले बनाउनपर्ने माग गर्नुभयो । सवै प्रदेशमा सरकारले पाउडर प्लान्ट निर्माणमा लाग्दा गण्डकी प्रदेश भने निजि पाउडर प्लान्ट देखाएर बस्ने गरेको बताउनु भयो ।आमा मिलन चक्रदेवी सेवा केन्द्रका संयोजक अर्जुन बञ्जराले आमा मिलन संगको एकता पछि अब आफुहरु डेरी उद्योग सञ्चालनमा जाने लक्ष्य रहेको बताउनु भयो । कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना सुपरजोन कास्कीका संयोजक कृष्ण प्रसाद तिवारीले सामुहिक खेती  र जग्गा चक्लाबन्दीमा सहकारी जानुपर्ने बताउनु भयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...