लायन्स क्लब अफ तालबाराही, डल्फिन र पेन्गुईनद्धारा विद्यालयलाई सहयोग

पोखरा, कात्तिक १ गते । लायन्स क्लब अफ इन्टरनेशनल ३२५ बी १ अन्र्तरगत लायन्स क्लब अफ पोखरा तालबाराही, लायन्स क्लब अफ पोखरा डल्फिन र लायन्स क्लब अफ पोखरा पेन्गुईनद्धारा गोरखाका दुई विद्यालयलाई स्वास्थ्य, खेलकुद तथा स्टेशनरी सामाग्री वितरण गरिएको छ ।

पछिल्लो समय कोरोना भाईरसका कारण बालबालिकाहरुको स्वास्थ्य र शिक्षामा परेको असरलाई मध्यनगर गरी गोरखा नगरपालिका ३ नारेश्वरमा रहेको बिन्दवासीनी मावि र गोरखा ३ कै पडिनी चौतारामा रहेको जनदेबी आधारभूत बिद्यालयमा सो सहयोग प्रदान गरिएको कार्यक्रम संयोजक तथा रिजन चियरपर्सन लायन तिलक तिवारीले जानकारी दिनुभयो ।

विशेषत बिद्यालयमा पठनपाठनका लागि आउने विद्यार्थीहरुका लागी कोभिडबाट बच्न प्रयोग गरिने स्वास्थ्य सामाग्री थर्मलगन, सेनिटाईजर, माक्स र खेलकुदका सामाग्रीहरु विन्दवासिनी मावि र जनदेबी आधारभूत विद्यालयका लागि सेनिटाईजर, माक्स, स्टेशनरी वितरण गरिएको तिवारीले बताउनुभयो । स्वास्थ्य, शिक्षा र वातावरणको क्षेत्रमा लायन्सले काम गरिरहेको बताउँदै शिक्षाको लागी आफूहरुले पोखरा बाहिर गोरखा सम्म आएको बताउनुभयो ।

गोरखा जस्तो एतिहासिक जिल्लामा पुगेर लायन्स क्लबले सहयोग गर्न पाउनु आफैमा गर्वको विषय भएको जोन चियरपर्सन लायन भिष्मराज पौडेलले बताउनुभयो । लायन्स क्लबलाई बारिहबाट पैसा आउँछ भन्ने कुराहरुलाई इंकित गर्दै पौडेलले सबै लायन्स क्बलमा आबद्ध भएका साथीहरुबाट एक एक रुपैया उठाएर सहयोग गरिएको स्पष्ट पार्नुभयो । उहाँले कोभिडको बेला पनि विद्यालय संचालन भएकाले सुरक्षित पठानपाठनका लागी स्वास्थ्य सामाग्री प्रदान गरिएको बताउँनुभयो ।

कार्यक्रममा बोल्दै लायन्स क्लब इन्टरनेशनल ३२५ बी १ का क्लष्टर प्रमुख ऋषि गिरीले लायन्स क्लबको नेपाली इतिहासबारे स्पष्ट पार्दै दुःखमा लायन्सलाई सम्झन आग्रह गर्नुभयो । लायन्स भनेको समाजसेवा गर्ने नितान्त उत्कृष्ट थलो भएको समेत गिरीले उल्लेख गर्नुभयो । लायन्स क्म्लबमा कुनैपनि मानविय बिभेद नहुने र जो सुकै पनि सहभागी हुन सक्ने उहाँले बताउनुभयो । कार्यक्रममा बोल्दै बिन्दबासिनी माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नन्दलाल तिवारीले पोखराबाट आएर विद्यालयलाई सहयोग गरेकोमा तीन वटै लायन्स क्लबहरुलाई धन्यवाद दिए ।

कार्यक्रमका प्रमुख अतिथी एवम् गोरखा नागरपालिका वठा नं.३ का वडाध्यक्ष रामबाबु बोगटीले नगरपालिका भित्र भएर पनि दुर्गमको जस्तो आभास भएको बताउनुभयो । कुनैपनि संस्था एवम् नगरपालिकाले खासै वास्ता नगरेपनि पोखराबाट पुगेर लायन्स क्लवहरुले सहयोग गरेकोमा आफूहरु उत्साहित भएको बताउनुभयो । विद्यालयले पाएका सामाग्रीहरुको सहि सदुपयोग गर्ने र बिद्यालयलाई कोभिडमुक्त बनाउने प्रयासमा लाग्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

धन्यवाद ज्ञापन गर्दै विन्दबासिनी माबिका प्रअ उदयबहादुर भट्टले बिद्यालयमा निशर्त बजेट पनि नआउनेहुँदा अन्य शिर्षकमा खर्च गर्न नसकिने हुँदा अरुकै भर पर्नु परेको बताउनुभयो । कार्यक्रमका सभापति एवम लायन्स क्लब अफ पोखरा तालबाराहीका अध्यक्ष लायन नारायणप्रसाद पौडेल गोरखामा पुगेर सहयोग गर्ने मौका मिलेकोमा आफुहरुलाई खुसी लागेको बताउनुभयो ।

कार्यक्रमको संचालन लायन्स क्लब अफ पोखरा पेन्गुईनका अध्यक्ष शितल श्रेष्ठले गर्नुभएको थियो भने कार्यक्रमको औचित्य र आवश्यकता माथि प्रकाश पार्दैै लायन्स क्लब अफ पोखरा डल्फिनका अध्यक्ष कृष्ण कुमार श्रेष्ठले स्वागत गर्नुभएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...