कोरोना संक्रमणका कारण पोखरा ९ की ७० वर्षिय महिलाको मृत्यु

पोखरा, कात्तिक २ गते । कोरोना संक्रमणका कारण गण्डकी प्रदेशमा थप एक जनाको ज्यान गएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा महानगरपालिका वडा नम्वर ९ की ७० वर्षिय महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।

आइतबार विहान आठ ४५ बजे चरक मेमोरियल अस्पताल मृत्यु भएको हो । गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबात मृत्यु हुनेको संख्या ५० पुगेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...