राष्ट्रिय परोपकार महासंघको रक्तदान

पोखरा, कार्तिक २ गते । राष्ट्रिय परोपकार महासंघले आफ्नो नियमित कार्यक्रम अन्तर्गत नवदुर्गाको अवसरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।रक्तदान कार्यक्रमको शुभारम्भ गर्दै महासंघका केन्द्रिय अध्यक्ष भागवत भाष्कर कमलनयन गौतमले सेवा नै धर्मको भावना अनुरुप भएकाले गुरुकुलबाटै रक्तदान सुरुवात गरिएकोले धर्म–संस्कृति परम्परालाई नियमित राख्न सामाजिक कार्य महत्वपूर्ण हुने बताउनुभयो ।

 

सराङ्गकोट धार्मिक पर्यटन क्षेत्र विकास समितिका अध्यक्ष प्रेम बहादुर जि.सि.ले सहयोग रकम हस्ताण्तरण गर्दै मानवीय कार्यमा सबै लाग्नुपर्नेमा जोड दिनुभयो । रक्तसञ्चार केन्द्रका प्राविधिक महेन्द्र के.सि.ले रक्तदान सम्बन्धी प्रकाश पार्नुभएको थियो । राष्ट्रिय परोपकार महासंघ कास्कीका अध्यक्ष डिल्लिराम लामिछानेको सभापतित्वमा भएको कार्यत्रलममा रक्तदान अभियन्ता तथा रेडियो सराङ्गकोटका कार्यकारी निर्देशक कृष्ण थापा, उपाध्यक्ष तिर्थ बरुवाल, पुष्पा भण्डारी, सचिव राजेन्द्र पौडेल, भेषराज पौडेल लगायतले आ–आफ्ना धारणा राख्नुभएको थियो ।

 

कार्यक्रममा बाघमारा बहुउद्देश्यीय सहकारीका अध्यक्ष डिल्लिराम बरालले आफ्नो जन्मोत्सवको अवसरमा पनि रक्तदान गर्नुभएको थियो भने सो अवसरमा ३७ जनाले रक्तदान गरेका थिए । वि.सं. २०६४ सालमा स्थापना भएको महासंघले देशैभर मानवीय सेवाका लागि गुरुकुल पाठशाला, गौचरण, वरपिपल रोपण अभियान, विभिन्न धार्मिक अनुष्ठानहरु गर्दै आइरहेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...