पवित्र साकोसको नवौं साधारण सभा

पोखरा, कात्तिक २ गते । पवित्र बचत तथा ऋण सहकारीको नवौं साधारण सभा सम्पन्न भएको छ । सभाका वक्ताले सहकारी सम्मान, समानता र सहकार्यको माध्यम भएको धारणा राखेका छन् । संस्थाका सल्लाहकार चन्द्र रानाभाटले सहकारी सहकार्यको माध्यम भएकाले जातिय एकता बढाउन मात्र नभएर आफ्नो व्यापार व्यवसाय बढाउन पनि सार्थक र साझेदार बनेको बताए । साथै उनले आवश्यक परेको खण्डमा समाजको बहुउद्देश्यीय भवन सहकारी व्यवस्थापनका लागि सहयोग गर्न समाज इच्छुक रहेको प्रतिबद्धता व्यक्त गरे ।

सभामा सु.बोधराज रानाभाट, राजेन्द्रकुमार रानाभाट, मीनबहादुर रानाभाट, श्रीबहादुर रानाभाट, ठाकुरप्रसाद रानाभाटलगायतले सहकारीसँगको बन्धुत्वको साझेदारीसँगै समन्वय बनाएको र आउँदा दिनमा आदर्श स्थापना गर्न आवश्यक रहेको धारणा राखेका थिए ।
सहकारीका अध्यक्ष शिव रानाभाटले प्रस्तुत गरेको अध्यक्षको क्या. हुम रानाभाटले प्रस्तुत गरेको कोषाध्यक्षको र रमेश राजभाटले प्रस्तुत गरेको लेखा समितिको प्रतिवेदन सभाले सर्वसम्मतिले पारित गरेको थियो ।

संस्थाले प्रतिवेदन निर्णयार्थ सभामा पेश गर्नु अगाडि असोज १८ गतेदेखि २८ गतेसम्मको अवधिमा जिज्ञासा, सुझाव र सल्लाहको सङ्कलन गरेको थियो । कोरोना महामारीका कारण सहकारीले भौतिक दूरी कायम गर्दै शेयर सदस्यबाट प्राप्त मतलाई सम्बोधन गर्दै अन्तिम निर्णयार्थ सहकारीका सञ्चालक समिति, उपसमिति र सल्लाहकारको समुपस्थितिमा सभा सम्पन्न गरेको हो ।

शिव रानाभाटको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव गुप्त रानाभाटले गरेका थिए । कार्यक्रममा संस्थाका उपाध्यक्ष बुद्धि रानाभाटले स्वागत, शिक्षा उपसमिति संयोजक असफल गौतमले धन्यवाद र सञ्चाचक समिति सदस्य भावना रानाभाटले सहकारीका सात सिद्धान्त वाचन गरेकी थिइन् ।

२०६८ सालमा तत्कालीन रानाभाट सेवा समितिद्वारा सञ्चालित कास्की जिल्ला कार्यक्षेत्र रहेको पवित्र साकोसमा हाल १२ सय शेयर सदस्य रहेका छन् । संस्थाको असार मसान्तसम्मको शेयर पूँजी झण्डै छ करोड रहेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...