सराङ्गकोट सहकारीका कर्मचारीमा कोरोना, सहकारी बन्द

पोखरा, कार्तिक २ गते । सराङ्गकोट बहुउद्देश्यीय सहकारी संस्था पोखराका एक जना कर्मचारीमा कोरोना संक्रमण (कोभिड–१९) पुष्टि भएको छ । बजार प्रवद्र्धकमा कोरोना रिपोर्ट देखिएपछि सहकारी हाललाई अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको सहकारीका सचिव कृष्ण थापाले जानकारी दिनुभयो ।

सहकारीमा कार्यरत सम्पूर्ण कर्मचारी र सञ्चालक समिति समेट कन्ट्रयाक्ट ट्रेसिङ्गमा परि सेल्फ क्वारेन्टाइनमा बस्नुपरेकाले हाललाई सहकारीको काम सम्पुर्ण रुपमा बन्द गरिएको हो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...