४५ वर्षपछि महाबीर पुनले लगाए नयाँ कोट पाइन्ट अनि भने, ‘गल्लीको कुकुरको पनि दिन आउँछ ’

पोखरा, कात्तिक २ गते । महाबीर पुन नचिन्ने मान्छे कमै होला । तर उहाँले ४५ वर्षपछि दशैमा नयाँ कपडा लगाउनु भयो भन्दा अपत्यारिलो र अचम्म लाग्न सक्छ ।

उहाँले आफनो फेसबुक पेजमा नयाँ कोट पाइन्ट लगाएर लेख्नुभएको छ, ‘लौ हर्नुहोस, मैले नि यो बर्षको दशैंमा ता नयाँ कपडा पायो बाई ’  सायद ४५ बर्ष पछि मैले दशैमा नयाँ कपडा पाएको होला । यो कपडा मलाई नै नापेर सिलाई दिएका हुन् । पुरानो जडौरी होइन । मेरो जिन्दगीको यो दोश्रो नयाँ सुट हो । जुत्ता चाहिं ६ बर्ष पुरानो हो । धेरै साथीहरुले राम्रो कपडा लगाएन भनेर मलाई कचकच गरिरहनु भएको थियो ।

अब कचकच गर्ने साथीहरु चुप लाग्नु होस । आज नयाँ कपडा लगाएको फोटो हाल्छु भनेर हिजो गरेको बाचा पुरा गरें । दशैको बेलामा यो नयाँ कपडा कहाँ बाट आयो भनेर कसैले पनि नसोध्नु होला । केहि महिना पछि मैले नै बताउने छु । क्या रमाइलो हुने भयो यो पालीको दशैँ ता । कहिले काहिं ता गल्लीकोे कुकुरको पनि दिन आउंछ भनेको यहि होला

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...