घटना घटेको दश मिनेटमा उद्धार ट्राफिक प्रहरीको सुरक्षा योजना

पोखरा, कात्तिक ३ गते । राजमार्गमा घटना घटेको दश मिनेटमा ट्राफिक प्रहरी घटनास्थलमा पुग्ने दावी गरिएको छ । गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय पोखराले बनाएको चाडपर्व सुरक्षा योजनामा सवारी दुर्घटना कम गरि सडकमा सवारीको आवागमन सहज बनाउने मुख्य लक्ष्य सहित सुरक्षा योजना बनाइएको हो प्रहरी नायव उपरीक्षक एवं सुचना अधिकारी टेक बहादुर कार्कीले भन्नुभयो, ‘राजमार्गमा हुने सवारी दुर्घटना कम गर्ने तथा मुख्य राजमार्गमा दुर्घटना भएमा कम्तिमा १० मिनेट भित्र ट्राफिक प्रहरी घटनास्थलमा पुग्ने र उद्दार र कारबाहीमा सम्लग्न हुनेछ ।’

विपद उद्वार कार्यमा प्रयोग हुने हेभी ईक्यूईपमेण्ट (कम्तिमा ४० टन क्षमताका क्रेन, (याकरहरु, डोजर, स्क्याभेटर ) राजमार्गमा स्टेण्डवाईमा राख्ने व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो । लागि गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयले मातहतका ११ वटै जिल्लाहरुमा कार्तिक १ गते देखी लागू हुने गरि सुरक्षा योजना बनाई कार्यान्वयनमा ल्याइएको प्रहरी नायव उपरीक्षक एवं सुचना अधिकारी टेक बहादुर कार्कीले जानकारी दिनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...