लोकदोहोरी गायक न्यौपाने दम्पत्तीलाई कोरोना संक्रमण

पोखरा, कात्तिक ३ गते । चर्चित लोकदोहोरी गायक पुरुषोत्तम दम्पत्तिलाई कोरोना संक्रमण भएको छ । गायक न्यौपाने र उहाँकी धर्मपत्नी भगवती न्यौपाने दुवैमा कोरोना पोजेटिभ देखिएको हो । हाल दुबै जना आफ्नै निवासमा होम आसोलेशनमा रहनुभएको छ । दुबै जना को स्वास्थ्य अवस्था सामन्य रहेको छ । सामाजिक सञ्जालमा न्यौपाने दम्पत्तिको शिघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।

लोकदोहोरी गीत प्रतिष्ठान नेपाल लगायत लोकदोहोरी क्षेत्रका कालाकारहरु लगायत सबैले छिट्टै कोरोना नेगेटिभ रिपोर्ट को पर्खाइमा रहेको भन्दै स्वास्थ्य लाभको कामना गर्नुभएको ।

 

लोकदोहोरी गीत प्रतिष्ठान गण्डकीका अध्यक्ष सुरेन्द्र गुरुङले लेख्नुभएको छ, हामी कलाकारका अभिभावक आदर्निय पुरुषोत्तम न्यौपाने ज्यु र भाउजु आदर्निय भगवती न्यौपाने ज्यु मा कोरोना पोजेटिभ देखिएको र हाल वहा दुबै आफ्नो निवास मा होम आसोलेशन मा रहनुभएको जानकारी गराउदै दुबै जना को स्वास्थ्य सामन्य रहेको हुदा छिट्टै कोरोना नेगेटिभ रिपोर्ट को पर्खाइमा हामि सबै रहेको समेत जानकारी गराउदछु । सिघ्र स्वास्थ्य लाभ को कामना दार्इ भाउजु भन्नुभएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...