करेन्ट लागेर पोखरा–२३ का दाहालको ज्यान गयो

पोखरा,कात्तिक ३ गते । पोखरामा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । सोमबार पोखरा महानगरपालिका २३ ठुलाखेत स्थायी घर भै हाल पोखरा–५ माछापुच्छ्रेमा किराना पसल सञ्चालन गदै आउनु भएका वर्ष ३५ को ज्ञानेन्द्र दाहालको करेन्ट लागेर ज्यान गएको हो ।

पसल अगाडीको बिजुलीको पोलमा चढि बल्ब जडान गर्ने क्रममा अचानक करेन्ट लागि घाईते भई उपचारको लागि फिष्टेल अस्पताल पठाएकोमा डाक्टरले मृत घोषणा गरेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...