कोरोनाबाट गण्डकीमा थप एक जनाको मृत्यु, नयाँ २० संक्रमित थपिए

पोखरा, कात्तिक ३ गते । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप एक जनाको ज्यान गएको छ । नवलपरासी जिल्ला, देबचुली – ११ निवासी ७५ बर्षीय महिलाको सोमबार दिउसो २ः३० बजे चितवन मेडिकल कलेज चितवनमा मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ५४ पुगेको छ । यसैवीच गण्डकी प्रदेशमा नयाँ २० जना संक्रमित थिएका छन् । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणका क्रममा संक्रमण पुष्टि भएको हो । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५९२८ पुगेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...