उपचार गर्न नसक्ने घोषणा गरे सरकारले व्यहोर्छ : स्वाथ्यमन्त्री

काठमाडौं, कात्तिक ४ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोभिड–१९ सङ्क्रमित ब्यक्ति वा परिवारले घोषणा गरेमा परीक्षण र उपचार खर्च सरकारले बेहोर्ने बताउनुभएको छ । कोभिड–१९ सङ्क्रमणको परीक्षण र उपचार खर्च नागरिकले नै बेहोर्नेपर्ने निर्णयको तीब्र आलोचना भइरहँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लगातार दोस्रो दिन उपचारबारे प्रष्ट्याएको हो ।

मन्त्रालयले दैनिक आयोजना गर्ने प्रेस ब्रिफिङपछि मन्त्री ढकालले भिडियो सन्देश मार्फत विपन्न, असहाय, एकल महिला, अति अपाङग, अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सरसफाइकर्मीबाहेकको स्वास्थ्य उपचार पनि निशुल्क हुने जानकारी दिनुभयो । तर त्यसका लागि बिरामीले परीक्षण र उपचार गराउने अस्पतालले सिफारिश गर्नुपर्ने वा बिरामी÷आफन्तले उपचार खर्च तिर्न नसक्ने घोषणा गर्नुपर्ने मन्त्री ढकालले बताउनुभयो ।

उहाँले भन्नुभयो, “यस्तो ब्यवस्था कार्यान्वयन गर्न कुनै ब्यक्ति वा निकायको सिफारिश आवश्यक नपर्ने सहज विधिको विकास गरिएको छ ।” सरकारले कोरोना भाइरस सङ्क्रमितको पहिलो घटना दत्र्ता भएपछि बिरामीको परीक्षण र उपचार निशुल्क गरेको थियो । दैनिक रुपमा सङ्क्रमित हुने संख्या बढेपछि गत् असोज १९ गतेको मन्त्रीपरिषद् बैठकले परीक्षण र उपचार खर्च नागरिकले आफैं तिर्नुपर्ने निर्णय गरेकोमा कात्तिक २ गतेदेखि कार्यान्यवनमा आएको छ ।

हालसम्म १३ लाख ९१८ जना ब्यक्तिले कोरोना परीक्षण गराएका छन् । जसमध्ये दुई ३१ ह्जार ४०५ जनाले शुल्क तिरेर परीक्षण गराएका छन् । सङ्क्रमण दर समेत पछिल्लो दिनमा बढेको छ ।मन्त्री ढकालले नागरिकको संवैधानिक हक र अदालतको फैसलाप्रति थप संवेदनशिल रहेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि सरकारले लिएको निर्णयहरु नेपालको संवैधानिक प्रचलित कानूनको अधीनमा रही निदान तथा उपचारका कार्यविधिहरु तर्जुमा गरी कार्यान्वयनमा ल्याइएको छ ।”

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...