नेपालले सधैँ चीनसँगको सम्बन्धलाई उच्च महत्व प्रधानमन्त्री ओली

काठमाडौँ, कात्तिक ५ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका राष्ट्रपति सी चिनफिङको साझा भविष्यको अवधारणाको नेपालले स्वागत गरेको बताउनुभएको छ ।


हिमालयपार बहुआयामिक सम्पर्क सञ्जाल सहयोग सम्बन्धमा नेपाल र जनवादी गणतन्त्र चीनका राजनीतिक दलबीचको संयुक्त परामर्श संयन्त्रको पहिलो बैठकलाई मङ्गलबार भर्चुअल रूपमा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले बीआरआईको माध्यमबाट आर्थिक समृद्धि प्राप्त गर्न दुई राष्ट्रबीच मानवीयता लक्षित बृहत् सहकार्य गर्दै साझा समुदायको भविष्यका लागि राष्ट्रपति सीले ल्याउनु भएको अवधारणाको उच्च सराहना गर्नुभयो । यस मञ्चले बीआरआई सहकार्यका लागि थप प्रवद्र्धन गर्ने विश्वास समेत उहाँले व्यक्त गर्नुभयो ।

नेपाल कम्युनिस्ट पार्टीको अध्यक्षको हैसियतमा आफ्ना धारणा व्यक्त गर्नुहुँदै ओलीले नेकपाले आपसी सम्मान, विश्वास र सहकार्यका आधारमा चिनियाँ कम्युनिस्ट पार्टीसँगको मैत्रीपूर्ण सम्बन्धलाई स्वीकार गरेको उल्लेख गर्नुभयो । दुवै देशका राजनीतिक दलले समाजवादमार्फत आफ्ना जनतालाई लाभ पु¥याउन विकास मोडेल र कामलाई अङ्गिकार गरेको प्रधानमन्त्री ओलीले प्रस्ट पार्नुभयो ।

“नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा बनेको सरकारले समृद्ध नेपाल, सुखी नेपालीको महìवाकाङ्क्षा पूरा गर्न पूरा शक्ति लगाइरहेको छ,” उहाँले सम्बोधनका क्रममा भन्नुभयो । जनताको भावनाअनुरूप कम्युनिस्ट पार्टीको एकीकरणसँग नेपालको दलीय संरचनामा परिवर्तन आएको बताउँदै उहाँले देशमा रहेको दशकौँदेखिको राजनीतिक अस्थिरता र अनिश्चितताको अन्त्य गरेको छ भन्नुुभयो । नेपालले सधैँ चीनसँगको सम्बन्धलाई उच्च महìव दिएको औँल्याउँदै उहाँले गहिरो मैत्रीपूर्ण सम्बन्ध ६५ वर्षदेखि विकसित हुँदै आएको बताउनुभयो ।

पञ्चशीलको सिद्धान्तसँगै शान्ति र सहअस्तित्व, आपसी विश्वास, समझदारी र सहकार्यबाट निर्देशित सम्बन्ध रहेकाले पनि दुवै देशका धेरै पुस्ताको राज्यप्रमुखबाट साटासाट हुँदै आएको धारणा उहाँले व्यक्त गर्नुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...