गण्डकी प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुको चाडपर्व भत्ता कोरोना कोषमा जम्मा गर्ने निर्णय

पोखरा, कात्तिक ५ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरुको चाडपर्व भत्ता कोरोना कोषमा जम्मा गरिने भएको छ । बुधबार विहान बसेको गण्डकी प्रदेश मन्त्रिपरिषद् बैठकले चाडपर्व भत्ता कोरोना रोकथाम, नियन्त्रण र उपचार कोषमा जम्मा गर्ने निर्णय गरेको गरेको हो ।

गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुले सामाजिक सञ्जालमा उक्त निर्णय गरेको जानकारी गराउनु भएको छ । संघीय सरकारका मन्त्री, सांसद र सांसदका स्वकीय सचितवहरुलाई दशै भत्ता उपलब्ध गराएको भन्दै तिव्र आलोचना भएपछि सरकारले कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेको थियो । देश कोरोनाको महामारीमा गुज्रिएको र अर्थतन्त्र टाटपल्टेका बेला दशै भत्ता वितरण गरिएको भन्दै आलोचना भएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...