पोखरा २८ ओख्लेमा बाली उपचार शिविर, किसानलाई सहज

पोखरा, कात्तिक ५ गते । नोमकान्त तिमिल्सिनाले डेढ रोपनीमा गोलभेडाँ लगाउनु भयो । गोलभेडाँ फल्ने बेलामा बुटा मर्न थाले । विज्ञलाई देखाउन आउन् पोखरा महानगपालिका भएपनि गाडीमा आउन घण्टौ लाथ्यो ।

पोखरा महानगरपालिका कृषि शाखा, यूएनडिपी र असल छिमेकी सहयोग संघ(गोनेसा)को सहकार्यमा टोलमै बाली उपचार शिविर सञ्चालन भएपछि किसानहरुलाई सहज भयो । उहाँ मात्रै हैन् अन्य २० जना किसानले घर छेउमै बालीमा हुने समस्या बारे जानकारी पाउनुभयो ।किसानले लगाएका सुन्ता, कागती साग, काउली, बोडी सिमि लगायत कृषि बालिमा विभिन्न खाले रोगले असर पारेको पोखरा महानगर कृषि महाशाखा प्रमुख मनहर कडरियाले बताउनुभयो ।

पोखरा महानगरपालिका वडा नम्वर २८ को ओख्लेमा बाली उपचार शिविरको आयोजना गरिएको हो । त्यहाँका ५० घर परिवारले कृषि उत्पादन गदै आउनु भएको छ । शिविरमा किसानहरुले बालीमा लाग्ने रोगकीराको उपचार, रोगकीरा रोकथामका उपाय लगायतका बिषयमा बालि अधिकृत संरक्षण कार्यालयका पूर्व कार्यालय प्रमुख एवं गानेसाका कार्यक्रम संयोजक धनबहादुर रानाले जानकारी प्रदान गर्नुभयो ।बाली उपचार शिविरमा ५० बढी किसानले फाइदा लिएको महानगरकृषि महाशाखा प्रमुख मनहर कडरियाले बताउनुभयो ।

शिविरमा जैविक बिषादीको प्रयोग लगायतका बिषयमा जानकारी दिइएको उहाँले जानकारी दिनुभयो । टोलमै गएर किसानहरुलाई सेवा दिने उद्देश्यले बाली उपचार शिविरको आयोजना गरिएको प्रमुख कडरियाले बताउनुभयो । युएनडीपीका गण्डकीका कार्यक्रम संयोजक कृष्ण सापकोटाले कृषिको रोगको स्थानीयस्तरमा पहिचान गरी समस्या समाधान खोज्ने उद्देश्यले युएनडीपीले सहयोग गरेको बताउनुभयो । बाली विज्ञ सहितको उपस्थितिमा किसानलार्ई बाली लगाउनु पूर्व, लगाएपछि उपचार गर्न शिविर आयोजनाका गरिएको बताउनुभयो । पोखरा २८ का वडा सदस्य अम्विका बुढाथोकीले किसानहरुले शिविरबाट फाइदा लिएर उत्पादन बृद्धि गरे आर्थिक उपार्जन गर्न आग्रह गर्नुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...