नेकपा गण्डकी प्रदेशका सांसदहरुको दशैँ भत्ता कोरोना कोषमा जम्मा गर्ने निर्णय

पोखरा, कात्तिक ५ गते । सत्तारुढ दल नेकपा गण्डकी प्रदेशका सांसदहरुले दशैँ भत्ता कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेको छ । नेकपा गण्डकी प्रदेश संसदीय दलको बुधबार बसेको बैठकले नेकपाबाट निर्वाचित सबै सांसदको दसैं भत्ता कोरोना कोषमा गर्ने निर्णय गरेको हो ।

गण्डकी प्रदेश संसदीय दलका नेता एवं मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुगले भन्नुभयो, हाम्रा सबै सांसदको भत्ता कोरोना कोषमा जम्मा हुनेछ । यसअघि आजै बिहान बसको गण्डकी प्रदेश मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री र मन्त्रीहरुको दसैं भत्ता कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...