सुलभ सहकारीको शुभकामना आदान प्रदान, सस्तोमा सामान विक्रि गरेका छौ’– अध्यक्ष भट्टराई

पोखरा, कात्तिक ५ गते । पोखराको लेकसाईड जरेवमा अवस्थित सुलभ उपभोक्ता सहकारी संस्था लिमिटेडले बुधबार शुभकामना आदान प्रदान गरेको छ । नेपालीहरुको ठुलो चाड देशै, तिहार र छठ लगाएतका पर्वहरुको शुभकामना आदान प्रदान गरे । सुलभ उपभोक्ता सहकारी संस्थाका अध्यक्ष गोपीबहादुर भट्टराईले शुभकामना व्यक्त गरे । सहकारीका कार्यसमिति सल्लाकार र अन्य शुभेक्छुकहरुले शुभकामना आदान प्रदान गरेका थिए ।

शुभकामना कार्यक्रममा अध्यक्ष भट्टराई सहकारीद्धारा संचालित सुलभ डिपार्टमेण्टल स्टोर्सले ग्राकहरुलाई लक्षित गरि सस्तोमा सामान विक्रि गर्दै आएको बताए । उनले दशैं तिहारलाई लक्ष्त गर्दै ग्राहका लागि उपहार योजना ल्याएको बताए । उनले गुणस्तरीय र सस्तोमा सामग्री दिनु नै सुलभको लक्ष्य रहेको बताए ।

उनले प्रत्येक एक हजारको खरिदमा ग्राहकहरुलाई एउटा उपहार कुपन प्रदान गरिने उनले बताए । उपहार कार्यक्रमको नतिजाको घोषणा मिति २०७७ माघ १ गते एउटा औपचारीक कार्यक्रम आयोजना गरि सार्वजनीक गरिने उनले बताए ।प्रथम पुरस्कारमा टिभिएसको स्कुटर, द्धितिय पुरस्कार एलसिको वासिङ मेसिन, तेस्रो पुरस्कार फ्रिज, चौथो पुरस्कार एलईडि टेलिभिजन, पाचौं पुरस्कार माईक्रो वेभ वभन र धेरै मात्रामा सान्तोना पुरस्कार रहेको संस्थका निर्देशक लक्ष्मण बराले जानकारी गराए ।

१० वर्ष अगाडि पोखराका पर्यटन व्यावासायीहरुको संयुक्त लगानिमा स्थापना भएको सुलभ डिपार्टमेन्ट स्टोर्सले होटल तथा रेष्टुरेण्ट र दैनिक आवस्यक पर्ने र सम्र्पुण घरयासी सामग्रीहरुको सुलभ मुल्यमा विक्रि वितरण गर्दै आएको छ । कार्यक्रमको सञ्चालन सहकारीका सचिब चौबहादुर गुरुङले गरेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...