नेकपा सचेतक गायत्री र नेकपा कास्की सचिव बखानसिँहलाई कोरोना संक्रमण

पोखरा, कात्तिक ६ गते ।नेपाल कम्युनिष्ट पार्टी(नेकपा) गण्डकी प्रदेशसभा संसदीयदलका सचेतक गायत्री गुरुङ कोरोना संक्रमित हुनुभएको छ ।त्यसैगरी नेकपा कास्कीका सचिव बखानसिँह गुरुङ(आभास)लाई पनि संक्रमण पुष्टि भएको छ । उहाँहरु दम्पती हुनुुहुन्छ ।

सचिव गुरुङ कन्ट्याक्ट ट्रेसिकमा पर्नु भएको थियो । असोज ४ गते नमूना दिएका दुबै जनाको हिजो साँझ रिपोर्ट पोजिटिभ आएको हो । दुबै जना अहिले होम आइसोलेशनमा रहनुभएको छ ।

सचेतक गुरुङले दुबै जनामा कुनै पनि स्वास्थ्य समस्या नरहेको बताइएको छ ।  उहाँले भन्नुभयो, “हामी दुबै जना फिट एण्ड फाइन छौँ । केही दिनमै संक्रमण मुक्त भएर नियमित काममा फर्कनेमा विश्वस्त छौँ ।”

यसअघि प्रदेशसभा अर्थ विकास समितिका सभापति दीपक कोइराला संक्रमित भएर आइसोेलेशनमा बस्नु भएको छ भने विद्यायन समितिका सभापति मोहन रेग्मी संक्रमणमुक्त हुनुभएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...