गण्डकीमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

पोखरा, कात्तिक ६ गते । कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा थप एक जनाको मृत्यु भएको छ । तनहुँ जिल्ला, ब्यास १ का ६८ बर्षीय महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

संक्रमित महिलाको बुधरबा साँझ ६ः३० बजे गण्डकी मेडिकल कलेज पोखरामा निधन भएको स्वास्थ्य कार्यालय कास्कीले जनाएको छ । गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ५८ पुगेको व्यहोरा छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...