पोखरा महानगरले सडकबाट उद्धार गरेका सात बालबालिकालाई परिवारसंग गरायो पूर्नमिलन 

पोखरा, कात्तिक ६ गते । विश्वव्यापी कोरोना भाइरस संक्रमण फैलियो । गत वर्षको सरकार चैत ११ गते लकडाउन घोषण ग¥यो । बालबालिका कोरोना भाइरस संक्रमणको जोखिममा हुने भन्दै सडक बालबालिकाको उद्धार ग¥यो । चैत १५ गते उद्धार गरेका २८ जनालाई अन्नपूर्ण गाँउपालिका लेवाडेमा रहेको गैह सरकारी संस्था चिल्डेन नेपालको भवनमा पु¥योे ।

त्यहाँ पु¥याउने वित्तिकै २८ मध्य १० जना भागे । १८ जना त्यही बसे । उनीहरुको खाने व्यवस्था सात महिनादेखि पोखरा महानगरले गदै आएको । सात महिनाको वीचमा चिल्डेन नेपालले बालबालिकाका परिवारको खोजी सुरु ग¥यो । सबैको घर परिवार पत्ता लगायो । सात महिनामा व्यवहारमा परिर्वतन आयो । सडकमा आउने बालबालिका कोही नभएर भन्दा पनि परिवारको व्यवास्था, गरिवीका कारणले रहेछ चिल्डेन नेपालका संस्थापक अध्यक्ष एवं कार्यकारी निर्देशक रामचन्द्र पौडेलले भन्नुभयो,‘अहिले हामीले सबैका परिवार पत्ता लगाएका छौ । उनीहरुलाई परिवारमा पूर्नस्थापना गछौँ । विशेष गरी बाबुले सौतेनी आमा ल्याउने र आमाहरु अन्तै जाने अनि आर्थिक अवस्था कमजोर भएका श्रमिकका बालबालिका सडकमा रहेछन् ।’ पोखरा महानगरले उद्धार गरेका १८ मध्य ७ जनालाई परिवारसंग पूर्नमिलन गराएको छ । वडा प्रतिनिधिको रोहबरमा परिवारलाई जिम्मा लगाइएको छ ।

म्याग्दी, पर्वत, कास्की, तनहुँका गरी सात जनालाई पोखरा महानगर र चिल्डेन नेपालको सहकार्यमा परिवारसंग पूर्नमिलन गराइएको निर्देशक पौडेलले बताउनुभयो । ‘एउटा बुटबलको बच्चा छ उहाँले भन्नुभयो, त्यसलाई दशै लगत्तै परिवारसंग पूर्नमिलन गराउँछौँँ ।’ पोखरा महानगरपालिका वडान नम्वर ३, ५ र ८ नम्वर वडाका बालबालिकालाई बुधबार पूर्नमिलन गराइएको छ । सडकबाट उद्धार गरिएका ११ वर्षका विजय श्रेष्ठ, पोखरा ५ पास्र्यङकी १३ वर्षिय विनिता श्रेष्ठ, पोखरा–८ का प्रजन माझी र पर्वत जलजला गाँउपालिकाकी १३ वर्षिय अञ्जली परियार र उनक भाई अभिषेक परियारलाई परिवारमा पूर्नमिलन गरिएको चिल्डे«न नेपालका अध्यक्ष रामचन्द्र पौडेलले जानकारी दिनुभयो । पोखरा तीन कार्यबाहक अध्यक्ष लक्ष्मी पराजुली, वडा ५ का अध्यक्ष धनबहादुर नेपाली, वडा ८ का अध्यक्ष रुद्रनाथ बरालको रोहबरमा अभिभाबको जिम्मा लगाइएको हो । आर्थिक अवस्था कमजोर भएका परिवारका रहेछन् उहाँले भन्नुभयो, ‘पढाईका लागि हामीले सहयोग गछौ, अरु खर्च तपाईहरुले व्यवस्थापन गर्नुस भनेका छौ ।’


पोखरा महानगरभित्रका बालबालिको शिक्षाका लागि पोखरा महानगरले सहयोग गर्ने पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले जानकारी दिनुभयो । ‘परिवारमा पूर्नमिलन गरिएकाहरुको शिक्षाको व्यवस्था महानगर व्यवस्थापन गर्छ । तर आफना सन्तानको खाने बस्ने व्यवस्थापन अभिभावकहरुले गर्नुस ।’ उहाँले सडकमा रहदाँ लागुऔषधको नसामा रमाउने बाँनी परेको तर सात महिनामा परिर्वतन भएको बताउदै अव उनीहरुलाई घरमा राम्रो वातावरण बनाउदै उनीहरुलाई घरमै बस्ने अवस्था सृजना गर्नुपर्ने उपप्रमुख गुरुङको भनाई छ । चिल्ड्रने नेपाल बालगृहमा सुरुवातमा राख्दा उनीहरु भाग्न खोज्ने अनि सडककै अवस्थाको व्यवहार गर्ने भएकाले केही कठिन भएको बताउदै भन्नुभयो,‘सात महिनामा उनीहरुको आनीबानीमा ठूलो परिर्वतन आएको छ ।

 

अव उनीहरुलाई महानगरसंग मिलेर पढने खर्च ब्यवस्थापन गछौ ।’ सडकबाट उद्धार गरी परिवारमा पूर्नस्थापना गरिएका विजय श्रेष्ठकी आमा माया श्रेष्ठले छोरा घर आएकोमा खुशी लागेको बताउनुभयो । छोरा हराएको नौ महिनामा घर आएको छ, ज्यादै खुशी लागेको छ उहाँले भन्नुभयो, ‘छोरा हराएर हेराउन जाँदा छोराको सास पत्ता नलाग्ने हडडी फेला नपर्ने बताएपछि केही समय रुदै खोज्न गयौ तर फेला परेन । त्यसैले हामीले आस मारेका थियौ । जे होस छोरा घर आयो ।’ सडकबाट उद्धार गरिएपछि परिवारसंग सम्पर्क नहुदाँ परिवारसंग दोहोरो सम्वाद थिएन् चिल्डे«न नेपालका अध्यक्ष रामचन्द्र पौडेलले भन्नुभयो, ‘हामीले बालबालिकाहरुलाई लिएर घर खोज्न हिडेपछि पत्ता लगाएर पूर्नस्थापित गरेका छौ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...