गण्डकी सरकारको निर्णण पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले मानेन्

पोखरा, कात्तिक ६ गते । गण्डकी प्रदेश सरकारले कोरोना संक्रमितको उपचार खर्च नलाग्ने बताएपनि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले भने नेपाल सरकारले तोेकेका लक्षित वर्गका बाहेक अन्यले स्वयमले ब्यहोनुपर्ने बताएको छ । अस्पतालका निर्देशक प्रा.डा. अर्जुन आचार्यले सार्वजनीक सुचना प्रकाशित गदै विरामी आफैले उपचार खर्च व्यहोनुपर्ने बताउनु भएको छ ।

यता प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कोरोना संक्रमितको खर्च प्रदेश सरकारले व्यहोर्ने बताउनु भएको थियो । तर त्यो व्यवहारमा कार्यान्वन भने भएको छैन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको उपचार संक्रमित ब्यक्तिले नै व्यहोनुपर्ने बताएपछि संघ मातहत रहेको प्रतिष्ठानले सोही निर्णयको कार्यान्वयन गरेको हो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...