नागढुङ्गा विकास समाजद्वारा विन वितरण

पोखरा, कार्तिक ६ गते ।नागढुङ्गा विकास समाजले पोखरा म.न.पा.वडा नं. ८ को सहकार्यमा फोहोर वर्गीकरणार्थ विन वितरण कार्यक्रम सम्पन्न गरेको छ/

 

कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष रुद्रनाथ बरालले विन वितरण गरी कार्यक्रमको शुभारम्भ गर्दै पोखरा ८ मा नागढुङ्गा विकास समाजले स्थापनाकालदेखि उत्कृष्ट काम गर्दै आएको र समाजमा सकारात्मक सन्देश दिन सफल भएकोले समाजका सन्देशमूलक योजनामा सधै वडाको साथ रहने भन्दै राम्रो काम गर्ने संस्थालाई बजेटको अभाव नहुने भन्दै फोहोर वर्गीकरण गरी मोहरमा परिणत गर्न सकिने हुँदा विनको सही सदुपयोग गर्न आग्रह गर्नुभयो ।

यसैगरी विशेष अतिथि वडा सदस्यहरु पुष्पराज सिग्देल, किरण गौतम तथा लक्ष्मी कौशलले नागढुङ्गा विकास समाजको गतिविधिसँग प्रभावित भएको बताउनुभयो ।

पोखरा ८ को फोहोर व्यवस्थापनको जिम्मा लिएका नविन खड्को पोखराको फोहोर फाल्ने बाच्छेबुडुवा ल्याण्डफिल साइट साँघुरो रहेकाले दैनिक हजारौं क्वीन्टल फोहोर व्यवस्थापन गर्न महानगरपालिकालाई चुनाति रहेकोले महानगरपालिका आफैले घरबाट थोरै फोहोर निकाल्नको लागि विन वितरणमा प्राथमिकता दिइएको भन्दै फोहोर बर्गीकरणले घरबाट निस्कने फोहोर घट्ने हुँदा विनको सही सदुपयोगले कर छुटमा समेत योगदान पुग्न सक्ने तथा आवश्यकता अनुसार नागढुङ्गाको फोहोर समयमै उठाई दिने बचनबद्धता व्यक्त गर्नुभयो ।

उपाध्यक्ष गिता पौडेलले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रममा सबैलाई धन्यवाद व्यक्त गर्दै संस्थाका अध्यक्ष एवं कार्यक्रमका अध्यक्ष डम्मर राज सुवेदीले नागढुङ्गाको फोहोर व्यवस्थापनमा विन वितरणले सार्थकता पाउने भन्दै सामाजिक सेवा र आर्थिक पारदर्शीताको मर्मलाई आत्मसाथ गरेकोले नै सबैको माया पाउन सफल भएको बताउनुभयो ।

कार्यक्रमको संचालन संस्थाका सचिव अपिला बरलले गरेकी थिइन् । स्मरण रहोस् नागढुङ्गा विकास समाजका १ सय १७ घरधुरीलाई २ सय ३४ ओटा विन ५०% अनुदानमा वडा कार्यालयले उपलब्ध गराएको हो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...