रुपा गाँउपालिका हंसपुरबासीले आफनो घर बाहेक इष्टमित्र कहाँ समेत टिका लगाउन नजाने निर्णय

पोखरा, कात्तिक ६ गते । कास्कीको रुपा गाँउपालिकामा आफनो घर बाहेक अन्त टिका लगाउन नजाने निर्णय भएको छ । रुपा गाँउपालिकाको निर्णयलाई निरन्तरता दिदै रुपा ७ हंसपुरका स्थानीयले यस बर्षको दशैँको टीका आआफनो घर मात्र लागाउने निर्णय भएको हो । बिहिबार हंसपुरबासीको बैठकले यस्तो निर्णय गरेको हो ।

तपाईंको घरमा समस्या भए टिका नलगाउन पनि सक्नु हुनेछ टोल सुधार समितिका अध्यक्ष कृष्णमणी सुबेदिको अध्यक्षतामा भएको बैठकले घर बाहेक अन्त टिका लगाउन नहिडन् हार्दिक अपिल गरेको छ ।यस बर्ष कोहि पनि इष्टमित्र कहाँ जाने,आउने नगर्ने समेत भनिएको छ । ।तसर्थ यसलाइ सबैले पालना गरौ है । कसैले प्रतिकृया जनाउदा नकारात्मक नलेखी दिनुहोला ।आउने साल खुसी बांडौला कालिदास सुवेदीको फेसबुक मार्फत बैठकले गरेको निर्णय सार्वजनीक गरिएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...