फेवा बहुउद्देश्यीय सहकारीद्धारा बिपन्नलाई २५ हजार सहयोग

पोखरा, कार्तिक ६ गते ।फेवा बहुउद्देश्यीय बचत तथा ऋण सहकारी संस्था ली. सृजना चोक पोखरा ले बिजय दशमी २०७७ को अबसर पारेर अति बिपन्न परिवारले बिरामी भै उपचार गराउने क्रममा रगतको आबश्यकता परे त्यस्ता निम्न आय भएका बिरामी लाई सहयोग गर्ने उदेश्य राखी करिब ३५ पोका रगतको लागि रू २५ हजार रूपैयाँको चेक हस्तान्तरण गरिएको छ ।


कार्यक्रममा फेवा बहुउद्देश्यीय बचत तथा ऋण सहकारी संस्था लि सृजनाचोक पोखरा(८ का अध्यक्ष ८४ बर्षिया बयोबृद्धा क्या.चन्द्र प्रसाद गुरुङ्गको अध्यक्षतामा शुभारम्भ गरिएको उक्त असहाय रक्त सहयोग चेक हस्तान्तरण कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्कीका कोषाध्यक्ष सुरेन्द्र गुरुङ्ग र क्षत्रिय रक्त संचार सेवा केन्द्र रामघाट का सिनियर अफिसर महेन्द्र केसी को सहभागितामा सरकारी अस्पतालमा उपचार गराउने बिपन्न परिवारका बिरामी लाई रगतमा लाग्ने शुल्क छुट गराई निशुल्क उपलब्ध गराउने उदेश्य राखी सहकारीको सिद्धान्त अनुसार सामाजिक उत्तरदायित्व शिर्षक अन्तर्गत सस्थाका अध्यक्ष क्या.चन्द्र प्रसाद गुरुङ्ग ले नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्की का कोषाध्यक्ष सुरेन्द्र गुरुङ्गलाई २५ हजार रूपैयाँ को चेक हस्तान्तरण गर्नु भयो।

उक्त चेक हस्तान्तरण कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्की का कोषाध्यक्ष सुरेन्द्र गुरुङ्गले नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाको मातहतमा संचालित क्षेत्रीय रक्त संचार सेवा केन्द्र द्वारा रक्तदान गरि सहयोग गरिएका रगतलाई असहाय र अति बिपन्नको सिफारिस भै आएका बिरामीलाई चिकित्सक को सिफारिश अनुसार निशुल्क बितरण गर्दै आईरहेको अबस्थामा आज फेवा बहुउद्देश्यीय बचत तथा ऋण सहकारी संस्था लि द्वारा प्रदान गरिएको सहयोगले अझ निशुल्क बितरणमा थप सहयोग मिलेको बताउनु हुदै रेडक्रस द्वारा संचालन भै रहेको रक्त कलेक्सन भण्डारको क्षमता बढाउने उदेश्य राखी सृजना चोक स्थित नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्की को पुरानो भबन भएको स्थानमा प्रदेश नं ४ स्तरिय रक्त कलेक्सन भण्डार भबन निर्माण गर्न लागिएको र उक्त भबन निर्माण गर्न करिब १० करोड २६ लाख लाग्ने ल.ई. तयार भै नेपाल सरकारको केहि सहयोगमा भवन निर्माण शुभारम्भ गरिएको मा नपुग रकम यस्तै यस्तै संग सस्था र सहयोगी दाताहरू संग सहकार्य गरि भबन सम्पन्न गर्ने उदेश्य राखिएको हुदा भबन निर्माण कार्य लाई पनि सबै संघसस्था हरू ले हातमा हात मिलाएर सहयोग गरिदिनुहुन अनुरोध गर्नुहुँदै बडा दसै र तिहार, नेपाल संम्वत्, छत पर्बका साथ नेपाली हरूको सम्पूर्ण चाडबाडको शुभकामना व्यक्त गर्नुभयो ।

 

फेवा बहुउद्देश्यीय बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष डिल बहादुर भटराई, शेयर सदस्य सुरेन्द्रमान बिजुक्छे लगायतका बक्ताहरूले आ( आफ्नो बिचार राख्नु हुदै रेडक्रस द्वारा प्रदेश स्तरीय रक्त भण्डार भवन निर्माण गरि पोखराको गरिमामय बढाउने कार्यको थालनी गर्नू भएकोमा सक्दो सहयोग गर्ने र गराउन पहल गर्ने बताउनु भयो ।सहकारी सस्थाका प्रबन्ध निर्देशक हरिभक्त पौडेलले स्वागत गर्नु भएको उक्त चेक हस्तान्तरण कार्यक्रममा सहकारीका सहायक प्रबन्धक जगन्नाथ तिमिल्सिनाले कार्यक्रम संचालन गर्नु भएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...