बढ्दैछ साङ्लाको प्रकोप, यसरी नियन्त्रण गर्नुहोस्

आजभोलि सबैजसो घरमा साङ्लाको प्रकोप बढ्न थालेको छ। मानव विकाससँगै घरेलु साङलाको पनि विकास भएको पाइन्छ ।

समयक्रम सँगै ती साङलाहरु शक्तिशाली बन्दै गएका छन्। अहिले गाउँ तथा शहर सबैतिर साङ्लाको बिगबिगी बढेको छ ।

एउटा पोथी सांङलाले एक वर्षमा ३०० वटासम्म बच्चा जन्माउँछ। त्यसका कारण पनि साङ्लाको संख्या बर्सेनी बढ्दो छ । जसका कारण प्रत्येक वर्ष लाखौ साङ्लाको प्रकोप बढ्ने खतरा छ।

रसायनले शक्तिशाली

यीनीहरुको नियन्त्रका लागि रसायनिक पदार्थको मिश्रण चलाइन्छ । यस्ता विषादीका विरुद्ध बच्ने गरी साङ्लाहरु आफै शक्तिशाली पनि बन्न थालेका छन् । बलिया साङ्लाले यो क्षमता बच्चाहरुमा पनि सार्छ। त्यसैले पनि सामान्य विषादी साङ्लाका लागि सामान्य जस्तै नै बनेका छन् ।

साङ्ला नियन्त्रणका लागि नियन्त्रण गर्ने विधीमा विविधता ल्याउन आवश्यक छ । टासिने बस्तु वा भ्याकुम लगाउनु साङ्ला नियन्त्रणको उपयुक्त उपाय हो। योसँगै घरपालुवा जनावरको खानामा पुग्ने पहुँच रोक्न आवश्यक छ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...