बिस्कुटको स्वाद चाख्ने जागिरलाई वार्षिक ६४ लाख रुपैयाँ तलब

स्कटल्यान्ड-सबैको राम्रो तलब पाइने जागिर मिलोस भन्ने सपना हुन्छ । यस्तोमा यदि कसैलाई केवल बिस्कुट खाने जागिरका लागि प्रस्ताव गरियो र तलब पनि ६४ लाख दिइयो भने उसको खुसीको सीमानै हुदैन । तर यो कुनै सपना होइन यथार्थ हो । एउटा कम्पनी यस्तो कर्मचारीको खोजीमा छ, जसले केवल बिस्कुट खाएर त्यसको स्वाद बताओस र यसका लागि कम्पनीले ६४ लाख रुपैयाँको तलब दिने छ ।
स्कटल्यान्डको बिस्कुट कम्पनी ‘बोर्डर बिस्कुट’ले यस्तै खाले जागिरका लागि आवेदन माग गरेको छ । यो कम्पनीका लागि ‘मास्टर बिस्कुटर’ को खोजी गरेको छ । मास्टर बिस्कुटरको अर्थ कम्पनीले आफ्नो बिस्कुटको स्वाद चाख्न जागिरमा राख्ने छ र यसका लागि उसले ४० लाख पाउन्ड अर्थात ६४ लाख रुपैयाँ तलब दिने छ ।
कम्पनीले यसका लागि आवेदकमा विशेष किसिमको क्षमता खोजी गरिरहेको छ । यस जागिरका लागि आवेदकमा बिस्क्ुटका स्वाद र बिस्कुट उत्पादनको राम्रो बुझाई हुनुका साथै नेतृत्व कौशल र कुराकानी गर्न पनि माहिर हुनु आवश्यक छ । कम्पनीका अनुसार जुन आवेदकले ग्राहकसँग राम्रो सम्बन्ध बनाउन राम्रो सुझाव दिन्छ, उसैलाई जागिरमा विशेष प्राथमिकता दिइने छ ।
कम्पनीका प्रबन्ध निर्देशक पल पार्किसका अनुसार उनले देशैभरीका मानिसलाई आवेदनलाई प्रोत्साहित गरिरहेका छन् । उनले केही सहभागीलाई अन्तर्वार्ताका लागि बोलाएका पनि छन् । बोर्डर बिस्कुटले निकालेको यो आवेदन पूmल टाइम हुने छ । यसका अलावा कर्मचारीलाई वार्षिक ३५ दिनको बिदा पनि दिइने छ ।
यो जागिर जो कोहीलाई पनि आफ्नो सपना पुरा गर्ने एक अविश्वसनीय अवसर भएको उनले बताए । कम्पनीका ब्रान्ड प्रमुख सूजी कारलोका अनुसार कम्पनी ग्राहकलाई सर्वश्रेष्ठ स्वाद एवं गुणस्तर भएको बिस्कुट दिनका लागि तयार रहेको छ ।
२०१९ मा पनि यस्तै खाले विज्ञापन चकलेट कम्पनीले पनि निकालेको थियो । चकलेट कम्पनीले उक्त समयमा पसलमा आउनु भन्दा पहिले उत्पादनको नमुनाका लागि चार चकलेट टेस्टरको खोजी गरेको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...