वैज्ञानिकले पत्ता लगाए नयाँ तरिका : मुख कुल्ला गर्नुस्, कोरोना मार्नुस्

मुख सफा गर्ने औषधि अर्थात् ‘ओरल एन्टिसेप्टिक’ र ‘माउथवास’ले काेराेना नियन्त्रणमा भूमिका खेल्ने अमेरिकाका वैज्ञानिकले दाबी गरेका छन्।

उनीहरूका अनुसार कोरोना संक्रमण हुँदा यदि यस्ता औषधिले मुख कुल्ला गर्ने हो भने भाइरस फैलिन पाउँदैन।

प्रयोगशालामा गरिएको परीक्षणले यो पुष्टि भएको वैज्ञानिकको दाबी छ।

उनीहरूका अनुसार नाक र मुखको सफाइले पनि कोरोना भाइरसको संख्या घटाउन सकिन्छ।

यसरी भएको थियो अनुसन्धान
अनुसन्धानकर्ता पेनसिलवेनिया विश्वविद्यालयका वैज्ञानिकका अनुसार प्रयोगशालामा ओरल एन्टिसेप्टिक, माउथवास र बेबी स्याम्पु मानिसमा पाइने कोरोना भाइरसमा प्रयोग गरिएको थियो।

यी अलग अलग चिजको असर भाइरसमा देखियो। हरेक ३० सेकेन्ड, १ मिनेट र ३२ मिनेटपछि असरको जाँच गरियो। जसबाट केही हदसम्म कोरोना भाइरस नष्ट भएको पाइयो। त्यसपछि त्यसमा मानव कोषिका हालियो। कति कोषिका जीवित रहेको पाइयो।

बेबी स्याम्पुले २ मिनेट र माउथवासले ३० सकेन्डमा भाइरस निष्क्रिय बनाएको पाइयो
जर्नल अफ मेडिकल भाइराेलजीमा प्रकाशित अनुसन्धान प्रतिवेदनअनुसार बेबी स्याम्पुले एक प्रतिशत अंशले २ मिनेटमा ९९.९ प्रतिशतसम्म कोरोना भाइरस निष्क्रिय पार्न सक्छ।

माउथवासले एक मिनेटसम्म गरगर गरियो भने ९९.९९ प्रतिशतसम्म कोरोना निष्क्रिय बनाउन सकिन्छ।

कोरोना संक्रमित एवं क्वारेन्टिनमा रहेका व्यक्तिले यो प्रयोग गरेका खण्डमा निकै प्रभावकारी हुने अनुसन्धानले देखाएको छ।

जबसम्म खोप बन्दैन, तबसम्म संक्रमण रोक्ने नयाँ तरिका खोज्न आवश्यक
पेनसिलवेनिया विश्वविद्यालयको माइक्रोबायोलोजिस्ट क्रेग मेयर्सका अनुसार जबसम्म खोप तयार हुँदैन, तबसम्म कोरोना संक्रमण रोक्ने यस्तै नयाँ-नयाँ तरिका खोज्न आवश्यक छ।

उनी भन्छन्, ‘हामीले कोरोना भाइरसको संख्या घटाउन ओरल एन्टिसेप्टिक र माउथवास प्रयोग गर्ने गरेका छौं। यी सजिलै पाइने वस्तु हुन्। जसलाई मानिसले दैनिक प्रयोग पनि गरिरहेका छन्।’

अहिलेसम्मका अनुसन्धानले नाक र मुख नै कोरोना भाइरको प्रवेशद्वार भएका देखाएका छन्। स्रोत : दैनिक भास्कर

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...