प्रधानमन्त्री ओलीले आज देशबासीका नाममा सम्बोधन गर्ने

काठमाडौं, कात्तिक ७/प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशबासीका नाममा सम्बोधन गर्नुहुने भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाका अनुसार आज अपरान्ह उहाले देशबासीका नाममा सम्बोधन गर्न लाग्नु भएको हो ।

बडादशैंको शुभकामना र कोरोना महामारीमा जुधिरहेका बेला उहाले यही विषयमा केन्द्रीत रहेको सम्बोधन गर्न लागिएको बुझिएको छ । विगतका दशैंमा पनि प्रधानमन्त्री ओलीले देशबासीको नाममा सम्बोधन गर्दै आउनु भएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...