नक्सालाई विवादमा तान्न खोजेकोेप्रति ध्यानाकर्षण

पोखरा, कात्तिक ७ गते । प्रधानमन्त्रीको दशैँको उपलक्ष्यमा ट्वीटमा गर्नुभएको शुभकामनामा प्रयोग भएको निशान छापमा रहेको नक्सालाई विवादमा तान्न खोजिएको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले एक विज्ञप्तिा जारी गदै नक्साको सानो आकार प्रयोग गर्दा यस्तो हुनु स्वभाविक हो भएको बताउदै यस तथ्यलाई केही ठूलो आकारको सोही नक्सामा प्रष्ट देख्न सकिन्छ । डिजाइनको यति सामान्य वास्तविकतालाई बुझ्न नखोजेर नक्साको राजनीति र अफवाह फैलाउन उद्यत सबैलाई तथ्यको आधारमा सत्यको नजिक पुग्नसमेत आग्रह गर्दछु भनिएको ।


लिम्पियाधुरासहितको नेपालको नक्सा प्रकाशन गर्ने निर्णय, निशान छापमा प्रकाशित नयाँ नक्साको औपचारिक प्रयोगका लागि संसदको सर्वसम्मतिमा संविधान संशोधन नै गरिएको हो विज्ञप्तिमा भनिएको छ, तदनुरूप अगाडि बढ्ने ऐतिहासिक कदम सम्माननीय प्रधानमन्त्रीकै दृढ र साहसिक नेतृत्वमा चालिएको धेरै समय भएको छैन । अहिले यस विषयमा योजनबद्द रूपमा सिर्जना गर्न खोजिएको भ्रम अनुचित छ । त्यस्तो कुनै भ्रम र कुप्रचारको अन्योलमा नपर्न सबै न्यायप्रेमी, देशभक्त र जिज्ञासु महानुभावहरूमा हार्दिक अनुरोध गर्न चाहन्छु ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...