दशैँलाई खसी, महगो भयो (तस्विरमा)

पोखरा, कात्तिक ८ गते । दशैँ नेपालीहरुको ठूलो चाड हो । दशैँमा खसी काट्ने दिनका रुपमा अष्टमीलाई लिइन्छ । शनिबार अष्टमीको दिन खसी नकाटे रमाइलो नहुने भएकाले सबैले घरघरमा खसी काट्ने दिनका रुपमा मनाउने गरीन्छ ।

पोखराको चाँउथेमा रहेको खसी बजारमा विहानै देखि खसी किन्नेको भिड् लागेको थियो । खसी किन्नेको भिड बढेपछि एक्कै दिनमा एक किलोमा २ सय रुपैयाँसम्म मुल्य बृद्धि भएको छ ।

शुक्तबार सम्म जिउदो खसीको मासुको प्रतिकिलो ६ सय रुपैयाँ रहेकोमा शनिबार विहानै सात सय रुपैयाँ पुगेको थियो । खसीको माग बढेपछि व्यवसायीले मनपरी मुल्य लिएका हुन् ।

बजार अनुमगनका नाममा अरु बेला साना व्यवसायीलाई अत्याउने सरकारी अनुमन टोली भने खसी बजारमा मनपरी मुल्यबृद्धि हुदाँ चासो दिदैन् । उपभोक्ता मञ्चका नाममा गठन भएको सस्थाका पदाधिकारीहरु पनि साना व्यापारीलाई तर्साउने मात्रै गरेका छन् । तस्विरमा खसी बजार ।

 

तस्विर एकराज गिरी

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...