दशैँ मनाउ घर फर्किए, सुनसान सहर

पोखरा, कात्तिक ९ गते । नेपालीहरुको महान चार्ड दशैसंगै पर्यटकी नगरि पोखरा सुनसान बनेको छ । रोजगारीका सिलसिलामा देशका विभिन्न भागबाट आएकाहरु आफनो गाँउ फर्किएपछि पर्यटकीय पोखरा सुनसान बनेको हो ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको बढदो संक्रमण नियन्त्रण गर्न सरकारले जहाँ छौ, त्यही रहेर दशैँ मनाउन आग्रह गरेपनि अधिकांश घर फर्केका छन् । ठूलो चार्ड दशै घरपरिवारसंग मनाउन आफनो जन्मथलो फर्किएका छन् । विभिन्न कारणले शहर झरेकाहरु गाँउ फर्किएपछि गाँउमा चहलपहल बढेको छ ।

 

सरकारी कार्यालय बन्द भएपछि दशै मनाउन गाँउ फर्केपछि पोखरा सुनसान बनेको छ । सडक पार गर्न कठिन हुने पोखराका सडकहरु खुल्ला भएका छन भने सधै किनमिलले भिडभाड हुने मुख्य बजार चिप्लेढुङगा, महेन्द्रपुल, पृथ्वीचोक, सृजनाचोक, विरौटा, अमंरसिहचोक, टुडिखेल लगायतका बजार बन्द हुदाँ सुनसान छाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...