मन्त्रीदेखि गाँउपालिका अध्यक्षको स्क्वास खेलमा आकर्षण

‘पालो पर्खेरै भएपनि मन्त्री ज्यू खेलेर जानुहुन्छ।’

एकराज गिरी÷ पोखरा, कात्तिक ९ गते । गण्डकी प्रदेशका आर्थिक मार्मिला तथा योजनामन्त्री किरण गुरुङको दैनिक फेरिएको छ । मन्त्री भएपछि उहाँको ज्यान विगतको भन्दा अस्वभाविक रुपमा मोटाउदै गयो । त्यसपछि उहाँ दौडन पोखरा रंगशाला पुग्नुभयो । वर्षाको समय थियो । फुटबल स्टेडियम बन्दै थियो, त्यहाँ दौडने अवस्था थिएन ।

उहाँ क्रिकेट मैदानमा पुग्नुभयो । त्यहाँ पुग्दा मैदान घाँसले पुरिएको र पानी जमेको देखेपछि तत्कालीन क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष  सम्पन्न श्रेष्ठलाई फोन गरेर भन्नुभयो, यहाँ दौडने कुनै ठाँउ छैन् । श्रेष्ठले स्क्वासको भवनमा बोलाउनुभयो । मन्त्री गुरुङ त्यहाँ पुग्नुभयो । त्यसपछि गुरुङले स्क्वासको ¥याकेट समात्न थाल्नुभयो । उहाँले स्क्वासको ¥याकेट समातेको करिव डेढ वर्ष वित्यो । नियमित रुपमा स्क्वास खेल्दै आउनु भएको छ । स्क्वास खेलमै किन आकर्षित हुनुभयो ? भन्ने ज्ञिजासामा भन्नुभयो, मैले स्क्वासको नामै सुनेकाे थिइन् । दौडन रंगशाला आएको थिए । वर्षाको समय थियो । क्रिकेट मैदानमा दौडन गए । घाँस ठुलो भएको अनि पानी जमेको थियो । सम्पन्न जीलाई फोन गरे उहाँले स्क्वासमा आउनु भन्नुभयो, ‘यो खेल पहिलो पटक यही आएर देखेको ।

विद्यालय र क्याम्पस पढदा क्रिकेट बाहेक सवै खेल खेलियो ।’ उहाँ पोखरा बाहिर र महत्वपूर्ण कार्यक्रममा भएको बेला बाहेक नियमित स्क्वास खेल्न रंगशाला पुग्नुहुन्छ । बेलुका नियमित पाँच देखि सात बजेसम्म रंगशालामा खेल्नुहुन्छ । स्क्वासको एउटा मात्रै कोर्ट भएकाले पालो पर्खनुपर्ने अवस्था छ राष्ट्रिय खेलकुद परिषद्का सदस्य सम्पन्न श्रेष्ठले भन्नुभयो, ‘पालो पर्खेरै भएपनि मन्त्री ज्यू खेलेर जानुहुन्छ ।’ स्क्वास खेल्न उहाँ मात्रै हैन् गण्डकी प्रदेशका भौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेत, आन्तरीक मार्मिला तथा कानुनमन्त्री हरिबहादुर चुमान, मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार गोविन्द नेपाली समेत स्क्वास खेल्न जानु हुन्थ्यो तर उहाँहरुलाई शारीरिक समस्या भएकाााले केही महिनापछि छोडनुभयो ।

 

स्क्वास खेलप्रति प्रदेश सरकारका मन्त्रीको मात्रै हैन् गाँउपालिका अध्यक्ष  समेत खेल्न पुग्नुहुन्छ । पोखरा रंगशालामा रहेको स्क्वास कोर्टमा विहान र बेलुका भिड् लाग्ने गरेको छ । कोरोना संक्रमणले सात महिना बन्द स्क्वास खेल सुरु भएको छ । स्क्वास खेल संघीय राजधानी काठमाडौ र पोखरामा मात्रै खेलिन्छ । यो खेलको एक जनामात्रै रेफ्रि काठमाडौमा हुनुहुन्छ । तर पोखरामा रेफ्रि हुनुहुन्न । हामीले तल्लोस्तरबाट खेलाडी उत्पादन गर्ने गरी प्रशिक्षण सञ्चालन गरेका छैनौ कास्की जिल्ल्ला स्क्वास ¥याकेट संघका सचिव सन्तोष घिमिरले भन्नुभयो,‘अहिले हामी ६० जना छौ खेल्ने । विहान मैले गाईड गर्छु।हामीसंग प्रशिक्षकको व्यवस्था छैन् ।’

पोखरा रगंशालामा संघले आफनै सक्रियतामा एउटा कोर्ट निर्माण गरेको थियो । आर्थिक अभावका कारण त्यसले पूर्णता पाएको थिएन सचिव घिमिरेले भन्नुभयो, ‘अहिले गण्डकी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयले १ करोड रुपैयाँले भवनले पूर्णता पाएको छ ।’ भौतिक पूर्वाधार नहुदाँ स्क्वासलाई विद्यालयस्तरका बालबालिकालाई आह्वान गरेर प्रशिक्षण गराउने अवस्था नभएको उहाँको भनाई छ ।

 

स्क्वास खेल्न गण्डकी प्रदेश सरकारका मन्त्रीहरुनै आउन थालेपछि अव दुई ओटा कोर्ट निर्माण हुने भएको छ । अन्नपूर्ण गाँउपालिकाका प्रमुख युवराज कुँवर, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य एवं कास्कीका निर्वतमान अध्यक्ष रामकृष्ण ज्ञवाली, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सम्पन्न श्रेष्ठ, नेकपा नेता विष्णु के.सी, मोयाथाई बक्सिङका प्रशिक्षक दिपकबाहदुर गोदार, कराँते खेलाडी सुदिप आचार्य लगायत समेत नियमति रुपमा स्क्वास खेल्नुहुन्छ । स्क्वासको र्याकेटसंग रमाउन थाल्नुभएको छ ।

स्क्वास संघ कास्कीका सचिव सन्तोष घिमिरेले भन्नुभयो, ‘सरकारी निकायका उच्चपदस्थ ब्यक्तिहरु प्रत्यक्ष खेलमा सहभागी भएको यो पहिलो खेल हो ।’ मन्त्रीहरु कुनै प्रतियोगिता उद्घाटन वा समापनमा प्रमुख अतिथि वा विशेष अतिथिका रुपमा रंगशाला जाने र फर्किने गर्नुहुन्थ्यो । तर स्क्वास खेल्न भने उहाँहरु दैनिक रंगशाला पुग्नुहुन्छ । दैनिक तीन घण्टा स्क्वास खेलमा रमाउने उहाँहरुको दैनिकी बनेको छ । पोखरामा स्क्वास खेलको खेलाडी भनेकै उहाँहरु हुनुभएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...