कोरोना संक्रमणका कारण पोखरा १५ की एक महिलाको मृत्यु

पोखरा, कात्तिक ९ गते । गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका १५ का ५२ बर्षीय कोरोना संक्रमित महिलाको शनिबार राति १०ः२० बजे पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखराको आइसियूमा उपचारका क्रममा मृत्यु भएको हो ।

मृतकलार्य ८ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो । उहाँलाई ८ गते नै उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । शब ब्यबस्थापनको तयारी भैरहेको अस्पताल प्रशासनबाट प्राप्त प्रतिबेदनमा उल्लेख गरिएको छ । गण्डकी प्रदेशमा मृत्यु हुनेको संख्या ६३ पुगेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...