लायन्स क्लब अफ पोखरा गतिशील मन्जरीको स्थापना दिवस 

पोखराकार्तिक ९/लायन्स क्लब अफ पोखरा गतिशील मन्जरीको पाचौं स्थापना दिवस एक कार्यक्रमका बिच पोखरामा सम्पन्न भएको छ ।कार्यक्रमको उद्घाटन गर्दै डिस्ट्रिक ३२५ बी १ का को चिफ एडभाइजर बिनोद ढुङ्गानाले क्लबले सामाजिक क्षेत्रमा गरेको सहयोग महत्वपूर्ण हुने भएकाले यस्ता सहयोग निरन्तर गर्न आग्रह गर्नुभयो । क्लबले दिएको सहयोगले यो क्षेत्रकै विकास र स्तरोन्नति हुने भएकाले यस्ता सहयोगका हातहरु बढाउनुपर्नेमा ढुङ्गानाले जोड दिनुभयो ।

 

पोखराका नदिपुर पार्कमा सम्पन्न भएको स्थापना दिवसको अवसरमा नदिपुर पार्कको पुनर्निर्माणको सहयोगार्थ क्लबले नगद रु ५००० हस्तान्तरण गरेको हो। उक्त कार्यक्रममा सिनियर एओजी नवराज पौडेल डिस्ट्रिक एडभाइजर  वेभराज गिरी ,रिजन चियर पर्सन विष्णु पराजुली जोन चियर पर्सन भागिरथी सुवेदी क्लबका गाइडलाइनर इन्द्र रिजाल,  सुर्योदय क्लबका अध्यक्ष शेखर पराजुली डिस्ट्रिक चियर पर्सन  दामोदर सापकोटा डिस्ट्रिक चियर पर्सन चन्द्रकला रेग्मीनदिपुर पार्क पुनर्निर्माण समितिका अध्यक्ष सहदेव बानियाँ लगायतले आआफ्नो धारणा राख्नुभएको थियो ।

 

क्लबका अध्यक्ष सुनिता देवकोटाको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन क्लबका सचिब नर्बदा पराजुलीले गर्नुभएको थियो । भौतिक दुरी कायम गरि मास्क्को समेत प्रयोग गरि कार्यक्रम खुला पार्कमा सप्पन्न भएको थियो । क्लबका नयाँ सदस्य विष्णु पराजुलीलाई स्वागत गरिरहदा विजयदशमी २०७७ को शुभकामना आदानप्रदान समेत गरिएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...