विजयादशमीको दिनमा कस्तो रहन्छ मौसम ?

काठमाडौं, १० कात्तिक । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल कुनै पनि मौसमी प्रणाली उल्लेखनीय रुपमा सक्रिय छैन ।

अहिले प्रदेश १ मा आंशिकदेखि सामान्य बदली तथा प्रदेश २, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

महाशाखाका अनुसार आज दिनभरको मौसम यसप्रकार रहने छ ।

दिउँसो : प्रदेश १ मा आंशिक देखि सामान्य बदली तथा प्रदेश २, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र प्रदेश २ को एक-दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

राती : देशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का एक दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...